शुक्रबार, २९ फाल्गुन, २०८२

बस, कार, ट्रेन वा प्लेनमा यात्रा गर्दा वाकवाकी लाग्छ?

मोशन सिकनेस (मोशन सिकनेस) को कारण र समाधान यो समस्या विशेषगरी महिला तथा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिने गरेको पाइन्छ। मोशन सिकनेस हुनुको मुख्य कारण शरीरले महसुस गर्ने गति र मस्तिष्कले बुझ्ने सूचनाबीच हुने असन्तुलन हो।

बस, कार, ट्रेन वा प्लेनमा यात्रा गर्दा धेरै मानिसलाई वाकवाकी लाग्ने, वान्ता हुने, चक्कर आउने, टाउको दुख्ने, पसिना आउने वा अत्यधिक थकान महसुस हुने जस्ता समस्या देखिन्छन्। यात्राको क्रममा देखिने यस्ता लक्षणहरूको समूहलाई मोशन सिकनेस (मोशन सिकनेस) भनिन्छ।

यो समस्या सामान्य भए पनि यात्रालाई निकै असहज बनाइदिन्छ। धेरै वान्ता भएमा डिहाइड्रेशन (डिहाइड्रेशन) तथा इलेक्ट्रोलाइट असन्तुलन (इलेक्ट्रोलाइट असन्तुलन) जस्ता स्वास्थ्य समस्या पनि हुन सक्छन्। अध्ययन अनुसार जीवनको कुनै न कुनै समयमा करिब दुई–तिहाइ मानिसहरू मोशन सिकनेसबाट प्रभावित हुने गरेका छन्। यो समस्या विशेषगरी महिला तथा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिने गरेको पाइन्छ।

मोशन सिकनेस हुनुको मुख्य कारण शरीरले महसुस गर्ने गति र मस्तिष्कले बुझ्ने सूचनाबीच हुने असन्तुलन हो। सामान्यतया हाम्रो शरीरको सन्तुलन कायम राख्न आँखाले देख्ने दृश्य, कानको भित्री भाग (इनर इयर) बाट आउने सन्तुलनसम्बन्धी संकेत तथा शरीरका अन्य संवेदनशील अंगहरूले मस्तिष्कलाई सूचना पठाइरहेका हुन्छन्।

तर यात्रा गर्दा आँखाले बाहिरका वस्तुहरू तीव्र गतिमा चलिरहेको देख्छ भने कानको भित्री भागले शरीर स्थिर भएको संकेत दिन सक्छ। यसरी आउने फरक–फरक संकेतहरूले मस्तिष्कमा भ्रम उत्पन्न हुन्छ र त्यसका कारण वाकवाकी, वान्ता, चक्कर आउने जस्ता लक्षण देखिन्छन्।

यात्राको समयमा केही साधारण सावधानी अपनाएमा मोशन सिकनेसबाट बच्न सकिन्छ। यात्रा अघि धेरै गरिष्ठ, तेलिलो वा मसलेदार खाना खानु हुँदैन। हल्का र सुपाच्य खाना खानु राम्रो हुन्छ र रक्सी वा अन्य नशालु पदार्थ सेवन गर्नु हुँदैन।

सकेसम्म गाडीको अगाडिको सीट वा झ्याल नजिक बस्दा पनि समस्या कम हुन सक्छ। यात्रा गर्दा सिधै अगाडितिर हेर्नु राम्रो हुन्छ र बाहिर तीव्र गतिमा जाने वस्तुहरू लगातार हेर्नु हुँदैन।

साथै यात्रा गर्दा किताब पढ्ने वा मोबाइल प्रयोग गर्ने बानीले पनि वाकवाकी बढाउन सक्छ, त्यसैले यस्तो गतिविधि सकेसम्म कम गर्नु राम्रो हुन्छ। ताजा हावा आउने ठाउँमा बस्ने, गीत सुन्ने वा हल्का कुराकानी गरेर ध्यान अन्यत्र केन्द्रित गर्नु पनि उपयोगी उपाय हुन सक्छ।

कहिलेकाहीँ मोशन सिकनेस नियन्त्रणका लागि औषधीको प्रयोग पनि गर्न सकिन्छ। चिकित्सकको सल्लाह अनुसार यात्रा सुरु हुनुभन्दा केही समय अघि औषधी सेवन गर्दा यसको प्रभाव राम्रो देखिन्छ।

स्कोपोलामिन (स्कोपोलामिन) नामक औषधी प्रायः स्किन प्याच (स्किन प्याच) को रूपमा प्रयोग गरिन्छ, जसलाई यात्रा सुरु हुनुभन्दा केही घण्टा अघि कानको पछाडि लगाइन्छ। त्यस्तै सिनारिजिन (सिनारिजिन), प्रोमेथाजिन (प्रोमेथाजिन), डाइमेनहाइड्रिनेट (डाइमेनहाइड्रिनेट) वा साइक्लिजिन (साइक्लिजिन) जस्ता औषधीहरू पनि मोशन सिकनेस नियन्त्रणका लागि प्रयोग गरिन्छ।

तर केही औषधीहरू, जस्तै दोस्रो पुस्ताका एण्टिहिस्टामिन (एण्टिहिस्टामिन) तथा ओन्डान्सेट्रोन (ओन्डान्सेट्रोन), मोशन सिकनेसमा खासै प्रभावकारी हुँदैनन्।

समग्रमा, मोशन सिकनेस सामान्य समस्या भए पनि सही जानकारी, सावधानी र आवश्यक परे औषधीको प्रयोगले यसलाई सहजै नियन्त्रण गर्न सकिन्छ। यात्रा अघि केही साधारण उपाय अपनाएमा यात्रालाई अझ आरामदायी र रमाइलो बनाउन सकिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार