सोमबार, १४ बैशाख, २०८३

जुम्लामा डेढ दशकदेखि सेवा गरेका डाक्टर रोबिन खापुङ

कर्णालीमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहे पनि डा. रोबिनजस्ता समर्पित चिकित्सकहरूको प्रयासले यहाँका नागरिकमा स्वास्थ्य सेवाप्रति भरोसा र आशा जगाइरहेको छ। कर्णाली प्रदेशको विकट हिमाली जिल्ला जुम्लामा विगत डेढ दशकभन्दा बढी समयदेखि निरन्तर सेवा दिँदै आएका एनेस्थेसियोलोजिस्ट डाक्टर रोबिन खापुङ यहाँका बिरामी र स्वास्थ्यकर्मीबीच समर्पित चिकित्सकका रूपमा परिचित छन्। कठिन भौगोलिक अवस्था, सिमित स्रोतसाधन […]

बस, कार, ट्रेन वा प्लेनमा यात्रा गर्दा वाकवाकी लाग्छ?

मोशन सिकनेस (मोशन सिकनेस) को कारण र समाधान यो समस्या विशेषगरी महिला तथा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिने गरेको पाइन्छ। मोशन सिकनेस हुनुको मुख्य कारण शरीरले महसुस गर्ने गति र मस्तिष्कले बुझ्ने सूचनाबीच हुने असन्तुलन हो। बस, कार, ट्रेन वा प्लेनमा यात्रा गर्दा धेरै मानिसलाई वाकवाकी लाग्ने, वान्ता हुने, चक्कर आउने, […]

भूगोलका कारण जीवन गुमाउनु पर्ने हो ?, अनिल बानियाँ

तिमी एउटी आमा मात्र थिइनौ, तिमी कर्णालीको पीडा थियौ, तिमी त्यो प्रश्न थियौ जसको उत्तर अझै पनि सिंहदरबारसँग छैन। जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्दार गरिएकी तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्युु पछि यतिबेला सामाजिक संजाल तातिरहेको छ। मुगु जिल्लाका युवा अभियन्ता अनिल बानियाँले फेसबुकमा लेखेको भावुक स्टाटसले विकट क्षेत्रमा […]

हाम्रो चीत्कार र सरकारको मौनता

अब समय आएको छ, मौनता तोड्ने, न्याय दिने र जनताको विश्वास जोगाउने। किनकि हाम्रो चीत्कार अब रोकिने छैन। सरकार, मेरो फोन उठाऊ। आज म तिमीलाई रित्तो काख भएको आमाको चिच्याहट सुनाउन फोन गर्दै छु। बहिनीविहीन दिदी कराएको आवाज, भदैनीविहीन फुपुको आवाज र लक्ष्मीविहीन घरको शून्यता सुनाउन फोन गर्दै छु। यसको जवाफदेही अब बन्नै पर्छ। त्यो […]

धामीझाँक्रीमा विश्वासका कारण उपचार ढिलो हुँदा गर्भवती महिलाको ज्यान गयो

गर्भावस्थामा कहिलेकाहीँ देखिने एचईएलएलपी सिन्ड्रोम जस्तो जटिल अवस्था अत्यन्त खतरनाक मानिन्छ। यो अवस्था देखिएमा तत्काल विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक हुन्छ। समाजमा अझै पनि आधुनिक चिकित्सा सेवाभन्दा पहिले धामी–झाँक्री वा झारफुकमा विश्वास गर्ने चलन कायम रहँदा गम्भीर स्वास्थ्य समस्यामा बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था देखिएको छ। हालै सार्वजनिक भएको एक घटनाले यस्तो परम्परागत विश्वासले उपचार […]

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी महिलाको उपचारको क्रममा मृत्युु

जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्दार गरिएकी महिलाको मृत्युु भएको छ। तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियोे। उपचारको क्रममा राती एक बजे उनको मृत्युु […]

ताजा समाचार