सोमबार, १२ माघ, २०८२

जिल्ला कमिटी नामको बैठक भन्दै रतननाथ योगीको शान्तिलाल महतलाई आलोचनात्मक समर्थन

योगीले सिफारिस समितिलाई धन्यवाद दिएका छन्। उनले लखेका छन्, ‘प्रतिनिधी सभा निर्वाचनमा आज जिल्ला कमिटी नामको बैठकले कमरेड शान्तीलाल महतलाई एकल सिफारीस गरेछ।’

नेकपा एमाले जुम्लाले ०८२ फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अध्यक्ष शान्तीलाल महतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। जिल्ला कमिटीको यस निर्णयपछि चिसो जुम्लाको राजनीति फेरि तातिएको छ।

यसैबीच एमाले जुम्लाका इन्चार्ज रतननाथ योगीले सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उम्मेदवार सिफारिसमा आफ्नो नाम नपरेपछि पनि उनले असन्तोष पोखेका छैनन्। बरु आलोचनात्मक समर्थन गरेका छन्।

बरु पार्टी निर्णयलाई खुलेर स्वीकार गरेका छन्। योगीले सिफारिस समितिलाई धन्यवाद दिएका छन्। उनले लखेका छन्, ‘प्रतिनिधी सभा निर्वाचनमा आज जिल्ला कमिटी नामको बैठकले कमरेड शान्तीलाल महतलाई एकल सिफारीस गरेछ।’

उनले सिफारिस भएका शान्तीलाल महतलाई बधाई र शुभकामना पनि दिएका छन्।

धेरै कार्यकर्ताले फोन गरेर ‘तपाईंको नाम किन परेन?’ भनेर सोधेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाटै स्पष्ट जवाफ दिएका छन्।

उनका अनुसार बैठकमा उपस्थित हुन नपाउनुको कारण मौसम र हवाई उडान नहुनु हो। तर उनले त्यसलाई मुख्य कारण मानेका छैनन्। उनका शब्दमा, भौतिक उपस्थिति भन्दा पनि कमिटीको निर्णय महत्वपूर्ण हुन्छ।

पार्टीले संस्थागत निर्णय गरेपछि मान्नुपर्छ भन्ने उनको स्पष्ट धारणा छ। योगीले कमिटीले प्राविधिक मात्र होइन, जित्ने सम्भावना भएको उम्मेदवार रोजेको विश्वास व्यक्त गरेका छन्।

यसमा उनले लोकप्रियता र भोट ल्याउने क्षमतालाई आधार मानिएको संकेत गरेका छन्। हल्का व्यङ्ग्यमा भन्नुपर्दा, चर्चित नाम भन्दा गणित मिल्ने नाम अगाडि आएको स्वीकारोक्ति जस्तो देखिन्छ।

स्टाटसको ठूलो भाग योगीको राजनीतिक यात्रामा केन्द्रित छ। उनले आफू राजनीति सुरु गरेदेखि निरन्तर पार्टी काममै लागेको दाबी गरेका छन्।

अनुकूलतामा पार्टी र प्रतिकूलतामा भाग्ने व्यक्ति आफू नभएको उल्लेख गरेका छन्। ‘माछो भन्या ओड्डो, भ्यागुतो भन्या पुड्डो’ भन्ने उखान प्रयोग गर्दै उनले अवसरवादी राजनीति नगरेको दाबी गरेका छन्।

व्यक्तिगत स्वार्थभन्दा पार्टीको हित ठूलो भएको उनको भनाइ छ। पार्टी निर्णय कहिल्यै उल्लंघन नगरेको पनि उनले उल्लेख गरेका छन्।

विद्यार्थी आन्दोलन, युवा अभियान, राजतन्त्रविरोधी आन्दोलन, जनआन्दोलन २०६२/०६३ र संविधान जारी गर्दाका आन्दोलनमा आफू अग्र मोर्चामा रहेको दाबी उनले गरेका छन्।

पछिल्ला पुस्तासँग जोडिएका अभियानमा पनि आफू सक्रिय रहेको उनले बताएका छन्। ०७९ को निर्वाचनको प्रसंग पनि उनले उठाएका छन्।

३९ हजार मत हुँदाहुँदै गठबन्धनका कारण हार्नुपरेको पीडा उनले स्मरण गरेका छन्। समानुपातिकमा पहिलो भएर पनि प्रत्यक्षमा तेस्रो हुनुपरेको इतिहास नदोहोर्‍याउनुपर्ने उनको आग्रह छ।

योगीले पार्टी उम्मेदवारलाई जिताउन आफू सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सबै नेता, कार्यकर्तालाई एकजुट भएर आजैबाट लाग्न आह्वान गरेका छन्।

उम्मेदवार नबने पनि संगठनका लागि मरिमेट्ने उनको तर्क छ। व्यङ्ग्यमा भन्नुपर्दा, नाम सिफारिसमा परेन, तर निष्ठा र दाबी भने स्टाटसभरि स्पष्ट देखिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार