शुक्रबार, २९ फाल्गुन, २०८२

नेपाल बैंक लिमिटेड जुम्लाले मनायाे ८९औँ स्थापना दिवस

नेपालकाे पहिलाे बैंक नेपाल बैंक लिमिटेड जुम्लाले आफ्नाे ८९ औँ स्थापना दिवस मनाएकाे छ। २०७७ कार्तिक ३० भर्चुअल ओपनिङ भएकाे जुम्ला शाखाले आफ्नाे सेवालाई व्यापक रुपमा विस्तार गर्दै स्थापना दिवस मनाएको हो।

शाखा उद्घाटनकाे छाेटाे समयमै ग्राहककाे मन जितेकाे बैंकले जुम्लामा पनि जनतालाई सेवा दिइहेको र आगामी दिनमा पनि दिने प्रतिबद्धता सहित स्थापना दिवस मनाउन लागिएको जुम्ला शाखा प्रबन्धक अर्जुन जंग नगरकोटीले बताए।

उनका अनुसार अनवरत विश्वासको ८९औं वर्ष प्रवेश गरेको नेपाल बैंकले जुम्लामा छाेटाे समयमै सबै पुस्ता ग्राहकको मन जित्न सकेकाे छ।

नेपाल बैंक लिमिटेड जुम्ला शाखा उद्घाटन भएदेखि जुम्लाका व्यापारीले राम्रो सेवा प्राप्त गरेको स्टेसनरी व्यवसायी गणेश रोकायाले बताए।

साना व्यवसायीले पनि आफ्नो व्यवसाय विस्तार गर्न सुलभ कर्जा पाउने हुँदा नेपाल बैंक आफ्नै जस्तो लाग्न थालेको ओम फर्निचर उद्योगका बिस्ने नेपालीको अनुभव।

बैंकले हाल देशभरका ७४ जिल्लाका २ सय ३१ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंङिक सेवा उपलब्ध गराइरहेकाे प्रमुख नगरकोटीको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार