बचत २६ करोड २५ हजार ४ सय ८८ रुपैयाँ छ भने ऋण लगानी १८ करोड २५ लाख ४७ हजार ८७ रुपैयाँ रहेको छ भने कुल पूँजी ८४ करोड रहेको छ।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्लाले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै चन्दननाथ -५ का वडाध्यक्ष विर्ष कार्कीले सहकारीले महिलाहरूको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याएको बताएका छन्।
चन्दननाथ सहकारीका अध्यक्ष चक्रबहादुर शाहीका अनुसार २३ हजार ५४६ शेयर सदस्य पुगेको संस्थाको कुल शेयर पुँजी ४ करोड ३३ लाख २४ हजार ६ सय रुपैयाँ पुगेको छ।
त्यस्तै बचत २६ करोड २५ हजार ४ सय ८८ रुपैयाँ छ भने ऋण लगानी १८ करोड २५ लाख ४७ हजार ८७ रुपैयाँ रहेको छ भने कुल पूँजी ८४ करोड रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक श्रषिरामा पाण्डेले बताए।
गत आर्थिक वर्षमा ३५ करोड १५ लाख ५४ हजार ३ सय ३३ रुपैयाँको ऋण असुली गरिए पनि अझै ३१ करोड ९६ लाख ६५ हजार ९ सय ५५ रुपैयाँ असुल गर्न बाँकी रहेको छ। संस्थाको खुद नाफा २७ लाख ३२ हजार २ सय १० रुपैयाँ रहेकोको प्रतिवेदनमा उल्लेख छ।
सहकारीको शेयर लाभांश कोषमा २२ लाख ४६ हजार ९ सय ७४ रुपैयाँ, जगेडा कोषमा ६६ लाख ३६ हजार ४ सय ९० रुपैयाँ, र कर्जा जोखिम कोषमा १ लाख ६१ हजार रुपैयाँ रहेको छ।
आगामी योजनामा सहकारीले ऋणको उचित व्यवस्थापन गर्दै समयमै चुक्ता गर्ने उद्देश्य राखेको छ। साथै, महिलाको क्षमता विकास र रोजगार सृजनाका लागि सीपमूलक तालिमहरू संचालन गर्ने योजना रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक पाण्डेको भनाइ छ।
चन्दननाथ बहुउद्देश्यीय सहकारीले आफ्नो वित्तीय पारदर्शिता र सुदृढ व्यवस्थापनको दृष्टिकोणलाई प्रगति गर्दै, आर्थिक चलायमानता र सामुदायिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अतिथिहरुले टिप्पणी गरेका थिए।