सोमबार, २५ फाल्गुन, २०८२

दुर्घटनामा निधन भएको सम्झनामा पलातामा शोक बिदा

आइतबार भएको दुर्घटनामा चालकसहित सात जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएका छन्। पलाता गाउँपालिकाले आइतबार भएको बोलेरो जीप दुर्घटनामा निधन भएकाको सम्झनामा सोमबार शोक बिदा दिएको छ। गाउँपालिकाका सूचना अधिकारी रामदत्त बडूले एक शोक विज्ञप्ति जारी गर्दै गाउँपालिका मातहतका सबै कार्यालयमा शोक बिदा गरिएको जानकारी दिएका छन्। आइतबारको दुर्घटनामा चालकसहित सात जनाले […]

दौडिएर देश चिनाउने सुनमाया: दुई हप्ताका, दुई दुर्लभ रेकर्ड

साधनस्रोतको सीमितताबीच उनले दौडमा आफ्नो सम्भावना देखिन् र कठिन परिश्रमले चुनौतीका पहाड छिचोल्दै त्यसलाई अवसरमा बदलिन्। जुम्लाको पातारासी गाउँपालिका-२, पेरे गाउँकी सुनमाया बुढा अल्ट्रा म्याराथनमा चम्किलो नाम हो। कठिन प्राकृतिक वातावरण र सीमित अवसरका बावजुद, सुनमायाले आफ्नो साहसी प्रयासबाट केवल व्यक्तिगत उचाइमा सफल भएकी छैनन् बरु नेपाललाई नै विश्वभर चिनाइरहेकी छिन्। विकट हिमाली भेगको चिसो […]

माओवादी नेता गौतमले जन्मदिनको अवसरमा बिरामीलाई बाँडे पोषिलो खाना

नेता गौतमले बिरामीलाई दुईवटा लोकल अण्डा, दुईवटा स्याउ र एक फ्रुटि वितरण गरेका हुन। तातोपानीका कृषक तथा माओवादी नेता दीपक गौतमले आफ्नो ४३ औं जन्मदिनलाई समाजसेवामा समर्पित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचाररत ५५ जना बिरामीलाई पोषिलो खाद्य सामग्री वितरण गरेका छन्। नेता गौतमले बिरामीलाई दुईवटा लोकल अण्डा, दुईवटा स्याउ र एक फ्रुटि वितरण […]

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको कुल पुँजी ८४ करोड

बचत २६ करोड २५ हजार ४ सय ८८ रुपैयाँ छ भने ऋण लगानी १८ करोड २५ लाख ४७ हजार ८७ रुपैयाँ रहेको छ भने कुल पूँजी ८४ करोड रहेको छ। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्लाले आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै चन्दननाथ -५ का वडाध्यक्ष विर्ष कार्कीले सहकारीले महिलाहरूको आर्थिक र […]

जुम्लाको खलंगा बजारमा ढुङ्गा बिच्छ्याइँदै

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको लगानीमा ढुङ्गा बिच्याउन थालिएको हो। जुम्ला खलंगा बजारमा ढुङ्गा बिच्छ्याउने कार्य अघि बढाइएको छ। बजार क्षेत्रमा ढुङ्गा बिच्छ्याउन थालेपछि खलंगा थप आकर्षण हुने विश्वास गरिएको छ। सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको लगानीमा ढुङ्गा बिच्याउन थालिएको हो। भवन निर्माण आयोजनाका सब इन्जिनियर चन्द्र खड्काका अनुसार परियोजना पूरा […]

ताजा समाचार