बुधबार, ९ बैशाख, २०८३

कविता: पन्ध्र दिनमै तलव पाइने भएपछि

पन्ध्र दिनमै तलव
आउने खवरले
परिवार खुसी छ
तलव थाप्ने गनेलाई
यो खवरले
भूईँचालो गएको छ
जति छिटो तलव थाप्यो
उति बढी शाहुले घेर्ने छन्
किनकी बिचारा
त्यो गनेको तलव
बढेको होइन नी ?

जहिले महिना दिन
कुर्न गनेलाई
सकस भईरहन्थ्यो
राहत हुन्छकि
भन्ने पनि सोच्दैछ
ऋण घट्छकि भनेर
अलिकति खुसी
छाएको छ उधारो कुर्ने
रने शाहुलाई
पन्ध्र दिन भित्रमा
केही उधारो पैसा
उठ्दछ कि भनेर ।

दोकानका मुसालाई भने,
चिन्ता बढिरहेको छ झनै
उधारो लिएपछि
महिना दिन बिताई
आउँने गर्दथे ग्राहक
उतिञ्जेल मुसाको
रजाईँ हुने गर्दथ्यो
अब नपाइने भो
पन्ध्रौँ दिन पछि
दोकानबाट अव
मुसाले भाग्नुपर्ने भो ।

जागिरे पन्ध्रदिनमै
तलव मिल्ने कुराले
छट्पटिन थाले
स्कुलले एक मिटर
लामो बिल
पठाउँछकि भन्ने पिरले
भाडामा बसाल्ने
घरभेटीदेखि
फोहोर फाल्नेहरूबाट
डराईरहछन्
भाडामा बस्नेहरू
पन्ध्र गतेनै भाडा माग्ने डरले ।

(२०८३/१/८ बर्दिया)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार