पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी छिन् । उनी पहिले भ्रष्टाचारविरुद्ध ठूल्ठूला भाषण गर्थिन् । भ्रष्टाचारी, सरकारी सम्पत्ति र राज्यकोषको दोहनकर्तालाई कारबाही गर्नुपर्छ भनेर चर्को बोल्थिन्।अहिले के भयो ? केही न केही ।
जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ गठन भएको छ। उक्त पार्टी हाल देश दौडाहामा छ । प्रचण्डसहित पार्टीका अन्य नेताहरु जिल्लामा आयोजित भेलामा पुगेर भन्छन्,‘हामीले भोट दिनुस्, हामी देश विकास गर्छौं।’
विकासको नारा दिने उनले आफ्नो कारणले देश यो अवस्थामा पुग्यो भनेरचाँहि बोल्दैनन्। प्रचण्ड १० वर्षे जनयुद्धको कमाण्डर हुन् । २०५२ फागुन १ गते तत्कालीन माओवादीले हतियार उठायो। देश बनाउने, सामान्तीहरुलाई लखेट्ने भन्दै गरिएको आन्दोलनमा १७ हजार नेपाली शहिद भए।हजारौं अहिलेपनि बेपत्ता छन् भने घाइते, अंगभंग हुनेहरु त्यहीँ घाउ लिएर बाँचिरहेका छन् । जनयुद्धमा खर्बौंको सरकारी सम्पत्तिमा क्षति पुग्यो । तर, उपलब्धि के भयो ? तर, प्रचण्डले यो विषयमा कहीँ–कतै बोलेको पाइन्न । देशबाट राजतन्त्र हटेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको १८ वर्ष भइसकेको छ।
२०६५ जेठ १५ गते देशबाट राजतन्त्र फालियो । त्यसपछि प्रचण्डसहित देश विकासको चर्को नारा दिनेहरुले नै शासन गरे । तर, देशले के पायो ? जनताले के पाए ? लोकतन्त्र गणतन्त्रको यो डेढ दशकमा माओवादीबाट चार जना प्रधानमन्त्री भए । पार्टी अध्यक्ष प्रचण्ड तीन पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बने।माओवादी कहिल्यै सरकारविहिन भएर बसेको छैन । काँग्रेस होस् या एमाले, माओवादी तिनको सरकारमा गएकै छ । माओवादीबाट तीन जना सभामुख भए । जसमा कृष्णबहादुर महरा, ओनसरी घर्ती र अग्निप्रसाद सापकोटा छन् । त्यस्तै, माओवादीले उपराष्ट्रपति पनि पायो । नन्दबहादुर पुन माओवादीबाट उपराष्ट्रपति बनेका थिए।माओवादीका नेताहरु देशको उच्च पदमा पुगे । तर, के गरे ? हतियार उठाउँदा यो–त्यो भनेको माओवादीले त्यसबाट के पुरा गर्यो ? भारत र चीनले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्यायो ? देशभरको सरकारी सम्पत्ति खोज्यो ? सार्वजनिक, सरकारी, हदबन्दीभन्दा बढी, ऐलानी, गुठी, मठमन्दिर, खोलानाला, वनजंगल, आर्यघाटलगायतको जग्गा व्यक्तिले दर्ता गरेर लगेका छन्।
मओवादीले त्यो फिर्ता ल्यायो ? लोकतन्त्र गणतन्त्र आएपछि विदेशी ऋण ह्वात्तै बढ्यो । हरेक नेपालीको थाप्लोमा झण्डै एक लाख रुपैयाँ विदेशी ऋणको भार छ । माओवादीले त्यो पनि मिनाहा गर्न सकेन । सामन्ती, शोषकी, भ्रष्टाचारीलाई कारबाही गर्छु भनेको माओवादी आफैं त्यस्तो बन्यो।माओवादीका नेताहरु नै थुप्रै भ्रष्टाचार काण्डमा मुछिएका छन् । माओवादी आफैं भ्रष्टाचारीहरुको अखडा बन्दा अरुलाई के कारबाही गर्थ्यो ? राजश्व छल्नेहरुलाई कारबाही गर्न पनि माओवादी नाकाम भयो । देशको लागि केही गर्न नसकेको माओवादीको आज अस्तित्व नै मेटिएको छ।१८ वर्षमा माओवादी फुटेर दर्जनौं टुक्रा बनिसकेको थियो । अहिले त अब माओवादी भन्ने पार्टी नै छैन्। नाम त परिवर्तन भयो, झण्डा पनि फेरियो । देशको प्रगति नभएपनि प्रचण्डको चाँहि भयो । ७८ लाखको घडी बाँध्ने हैसियतमा पुगे।
लाखौं पर्ने रक्सी खान सक्ने भए । त्यही खाएर शौचालयमा ढले । छोरीलाई मेयर, स्वकीय सचिव, बुहारीलाई मन्त्री र भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाए । योभन्दा अरु के नै प्रगति चाहियो र ? जनता दुई छाक टार्न लडिरहँदा उनी त्यही जनताको नाम लिएर कहाँ पुगे कहाँ । बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा बालुवाटारको ललिता निवास र थानकोटस्थित मातातीर्थको हजारौं रोपनी जग्गा व्यक्तिको नाममा पास गरिदिए। हल नेकपामा दोस्रो वरियतामा रहेका माधवकुमार नेपालले आफू प्रधानमन्त्री हुँदा ललिता निवाससहित काभ्रेको साँगामा ८१५ रोपनी, धुलिखेलमा ८८ रोपनी, चाबहिलको भत्केको पुलस्थित १४ रोपनी जग्गा संस्था र व्यक्तिको नाममा पास गरेका छन् । अन्य धेरै स्थानको जग्गा पनि उनले प्रधानमन्त्री हुँदा व्यक्तिको नाममा दिएका छन्।
नेकपाका तेस्रो वरियताका नेता झलनाथ खनालले सूचना तथा सञ्चारमन्त्री हुँदा गुम्बा बनाउने नाममा हजारौं रोपनी सरकारी जग्गा संघसंस्थालाई पासै गरेर दिएका छन् । यता, प्रधानमन्त्री हुँदा पनि उनले सो कार्यलाई निरन्तरता दिएको देखिन्छ । सर्प पाल्ने नाममा राज्यकोषको ५० करोड रुपैयाँ उनले झ्वाम्म बनाएका छन्। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट लखेटिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री र परराष्ट्रमन्त्री पनि बने।
पटकपटक प्रधानमन्त्री बनेका केपीको अध्यक्षतामा बसेको २०७८ वैशाख ७ र वैशाख १३ गतेको क्याबिनेट बैठकले झापाको गिरिबन्धुको जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गर्यो । हातमा तीन करोडको घडी बाँध्ने र ७० हजारको दैनिक पानी खाने ओलीको नारा देश बनाउने छ । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदापनि गिरिबन्धुको जग्गा व्यक्तिको नाममा दिने निर्णय भएको थियो । २०६० सालमा प्रधानमन्त्री सूर्यबहादुर थापाले पनि सोही निर्णय गरेका छन् । काँग्रेसी नेता महेश आचार्यले भृकुटी नेपाली कागज, धागो उद्योग, टाइल कारखाना, चाइनिज ईँट्टा कारखाना निजीकरणको नाममा सबै कौडीको भाउमा व्यक्तिलाई बेच्ने निर्णय मन्त्रिपरिषद्बाट गराए ।
ती जग्गा व्यक्तिले कौडीको भाउमा खरिद गरे भने उद्योगहरु मासियो । कृष्णप्रसाद भट्टराई २०४७ र २०५६ सालमा प्रधानमन्त्री बने । उनले पनि प्रधानमन्त्री बन्दा तारागाउँको जग्गा व्यक्तिलाई दिने निर्णय गरे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि सरकारी सम्पत्ति व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे।उनको पालोमा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । सरकारी जग्गा जजसले व्यक्तिलाई बेचे, उनीहरुले पनि भाषण गर्ने बेलामा देशै बनाउने भन्थे । हामीले सरकारी जग्गा बेच्दै छौं है भनेर उनीहरुले कहिल्यै बोलेनन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी छिन् ।
उनी पहिले भ्रष्टाचारविरुद्ध ठूल्ठूला भाषण गर्थिन् । भ्रष्टाचारी, सरकारी सम्पत्ति र राज्यकोषको दोहनकर्तालाई कारबाही गर्नुपर्छ भनेर चर्को बोल्थिन् । अहिले के भयो ? केही न केही । आखिरमा उनी आफू पनि सोही पृष्ठभूमिबाट आएकी रहेछिन् भन्ने त प्रमाणित भइसकेको छ।उनी आफैं सरकारी जग्गा कब्जा गरेर बसेकी छिन् । उनले न्यायाधीश र प्रधानन्यायाधीश हुँदा कति सरकारी जग्गा व्यक्तिको नाममा दिइन् होला ? यो छानबिन गर्नुपर्ने माग नागरिकस्तरबाट उठिरहेको छ । टोखा नगरपालिका ४, धापासीमा घर भएकी उनले तीन आना सरकारी जग्गा वर्षौंदेखि कब्जा गरिरहेकी छिन्।
स्थानीय सरकारले त्यो जग्गा खाली गर्नु भन्दापनि उनले मानेकी छैनन् । झण्डै डेढ करोडको सरकारी जग्गामा कब्जा जमाएकी उनको पनि भाषण देश बनाउने नै छ । यता, सहकारी ठगेर जेल पुगेका रवि लामिछाने पनि देश विकास गर्ने नै भनिरहेका छन् । भदौ २३ र २४ गते देशभर आगो बाल्ने जेनजी पनि देश बनाउने नै भन्छन्।भक्तपुरमा भएको राजपरिवार र सरकारी सम्पत्ति व्यक्तिलाई कब्जा गर्न लगाउने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें, प्रेम सुवाल पनि देशै बनाउने भन्छन् । गौर हत्याकाण्डमा मुछिएका उपेन्द्र यादवको नारा पनि देश बनाउने नै छ । स्वास्थ्यमन्त्री हुँदा बीमा गराउने नाममा अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेका गगन थापा पनि देश बनाउने भन्दै हिँडेका छन् । सबैको नारा देश बनाउने छ, तर देश सकियो कसरी ?
कुरा प्रष्ट छ–मुखले देश बनाउने भनेतापनि काम त देश त देश सकाउने छ । जनताले तिरेको कर खाने, रेमिट्यान्स पचाउने, जनताको छोराछोरी भेडाबाख्राजसरी विदेशमा बेच्ने, सरकारी सम्पत्ति दोहन गर्ने । नेताहरुको उद्देश्य यति नै हो । नेताहरुले यत्रो वर्षदेखि जनतालाई झुक्काएतर, जनताको आँखा खुल्छ कहिले ? सञ्चारकर्मी कहिले पार्टीको झोले बन्न छोडेर सत्यतथ्य लेख्छन् ?














