सोमबार, ९ भाद्र, २०८२

अब म निराश छैन, म निर्भीक छु। अब म हटाइएकी छैन, म उठेकी छु।” मैले विद्यालयका पाठ्यपुस्तकहरू पढेँ, परीक्षामा पास भएँ, प्रमाणपत्रहरू बटुलेँ। तर ती सबैभन्दा बढी मैले जिन्दगीबाट सिकेँ। अवस्थाबाट, संघर्षबाट, अनुभवबाट। किनभने किताबले अक्षर दिन्छ, तर जिन्दगीले अर्थ दिन्छ।

म श्री हुँ घरको इज्जत, समाजको मान, संस्कारको मूर्ति। तर यो “श्री” शब्दले मलाई कहिल्यै स्वतन्त्रता दिएन। यो उपाधिले मलाई देवता बनायो, तर मानव हुन दिएन। श्री हुँ म, तर म सास फेर्न खोज्दा नियमहरूको घेरा तन्काइयो। म बोल्न खोज्दा मौनतामा शालिनता खोजियो। म पढ्न खोज्दा भनियो,

“गृहिणीको धर्म गृहकार्य हो।”

गुरुबाट सुरु भएको बाटो कुनै बेला म एक गुरुको सहारा लिएकी थिएँ। ज्ञानको झिल्को देखाउने, सपनालाई शब्द बनाउने। शब्द सिकाउने ती गुरु थिए, जसको अगाडि म बारखरी पढ्न थालेकी थिएँ। तर त्यो बारखरी चाँडै रोकियो। किनभने म प्रश्न गर्न थालें। म केवल अक्षर होइन, अर्थ खोज्न थालेँ। (एकदिन भनियो)

“अब तिमी पढ्न लायक छैनौ। तिमी ‘श्री’ हौ, गृहकार्य गर, शिष्ट बन। ज्ञानभन्दा व्यवहार सिक!”

गुरुबाट हटाइएकी छु, तर बाटोबाट होइन, म बाटोबाट हटेकी छैन। अब म आफैँलाई पढ्न थालेकी छु। अब म किताब होइन, जिन्दगी पढ्छु। अब म गुरु होइन, अनुभवलाई गुरु मान्छु। शब्दहरू अब म आफैँ बनाउँछु। वाक्यहरू अब म आफैँ जोडेकी छु। अब मलाई पढाउने होइन, मलाई बुझ्नेहरू चाहिन्छ। मानिसहरू वल्डकप जित्छन् तर मलाई यही “श्री” उपाधि, जुन कहिल्यै मैले मागेकी थिइनँ, तर समाजले टाँसी दियो। बिना अनुमति, बिना अधिकार।

म यो उपाधिबाट भाग्दिन, तर म यसलाई अर्थ दिन चाहन्छु। अब “श्री” मेरो मौनता होइन, मेरो स्वर बन्नुपर्छ। अब यो श्री, जुन अबला थिएँ भनेर चिनिन्थ्यो, अहिले जागरुकता र आत्मबलको प्रतीक हुनेछ।

गुरुले बाटो देखाउँछन्, तर कहिलेकाहीँ बाटो आफैँ बनाउनु पर्छ। म गुरुबाट हटाइएकी छु, तर अब म आफैँ शिक्षक हुँ। आफ्नो मुटु, विवेक र आत्मालाई पाठशाला बनाएर जीवनको उच्च शिक्षा हासिल गर्न तत्पर छु। “श्री हुँ म, मान राख, अब म मौन छैन, म गम्भीर छु।

अब म निराश छैन, म निर्भीक छु। अब म हटाइएकी छैन, म उठेकी छु।” मैले विद्यालयका पाठ्यपुस्तकहरू पढेँ, परीक्षामा पास भएँ, प्रमाणपत्रहरू बटुलेँ। तर ती सबैभन्दा बढी मैले जिन्दगीबाट सिकेँ। अवस्थाबाट, संघर्षबाट, अनुभवबाट। किनभने किताबले अक्षर दिन्छ, तर जिन्दगीले अर्थ दिन्छ।

मसँगै पढेकी साथीले सोध्ने गर्छन्, “किन तिमी घर छोडेर बाहिर पढ्न जादैनौ?” म मुस्कानको साथ भन्छु। “हाम्रो समाजमा पढाइको मापन सर्टिफिकेटले गरिन्छ। कोही SLC पास भनेपछि पढेकी मानिन्छिन्, कोही स्नातकपछि मात्र। तर के पढाइ सर्टिफिकेटमा मात्रै सीमित हो?

पढाइ त मानिसको सोच, व्यवहार, बानी र दृष्टिकोणमा देखिनु पर्ने होइन र? एकजना विद्यालय नगएका आमा, जसले परिवार पाल्नु, माया दिनु र मूल्य सिकाउन जान्नुहुन्छ, के ती कम पढेका हुन्?”

मलाई थाहा छ, म जुन जीवन जिउँदै छु, त्यसैमा हजारौं पाठ छन्। बच्चाको हाँसोबाट पनि केही सिक्न पाइन्छ, वृद्धाको मौनताबाट पनि। कसैको पीडाबाट सहानुभूति सिकिन्छ, कसैको सफलताबाट प्रेरणा।

त्यसैले जब मलाई कसैले सोध्छ, “कति पढेकी छ्यौ?” म मुसुक्क हाँसेर भन्छु, “जिन्दगी पढ्दै छु, हजुर। हरेक दिन, हरेक पानामा केही नयाँ कुरा सिक्दै छु।”

मैले बुवालाई भनिनँ, आमालाई भनिनँ, घरका कसैलाई भनिनँ। पढ्न रहर छ भनेर; तर अचेल मैले घरमै विश्वविद्यालय खोलेको छु। जीवनमा केही कुरा मनले चाहन्छ, तर आवाज बनेर बाहिर आउँदैन।

मैले पनि धेरै पटक चाहें भन्न, सुनाउन, लेख्न, पढ्न… तर भन्न सकिन। रहरको आवाज चिच्याएर होइन, मौनताले बोल्थ्यो। म बिच्किएको अनुहारले किताब हेरिरहन्थेँ, अरूको हातमा कापी देख्दा मन पोल्थ्यो। तर कहिल्यै खुलेर भन्न सकिन, “म पढ्न चाहन्छु।”

किनभने जिम्मेवारी थियो, सन्दर्भ थियो, परिस्थिति थियो। मसँगैका साथीहरू देश विदेशको पढाई तर्फको कुरा गर्थे। त्यो बेला मेरो पढाइभन्दा ठूलो कुरा घरको काम, भाईबहिनीको हेरचाह, अनि समाजले बनाएको भूमिकाहरू थिए।

तर समयसँगै परिवर्तन आयो। र म आज भन्दैछु, अब मैले घरमै विश्वविद्यालय खोलेकी छु। किनभने किताबले अक्षर दिन्छ, तर जिन्दगीले अर्थ दिन्छ। घर नै मेरो कक्षा कोठा बनेको छ।

म अब बिहानको खाजा बनाउँदै इतिहास सम्झन्छु। कसरी महिलाहरूले सयौँ शताब्दीदेखि आफ्ना अधिकारका लागि संघर्ष गरे। भाँडा माझ्दै विज्ञानको नियम बुझ्छु। कसरी साबुन पानीको सतहले तनाव घटाउँछ।

सन्तानलाई पढाउँदा भाषाको व्याकरण आफैँ दोहोर्‍याउँछु। छोरा मान्छेको व्यवहार बुझ्न मनोविज्ञान काम लाग्छ। अनि बेलुकी एक्लै बस्दा दर्शनशास्त्र आफैँसँग बोल्छ। “जीवनको अर्थ के हो?”

अब कोठा नै मेरो विश्वविद्यालय हो, चुलो मेरो प्रयोगशाला हो र अनुभव मेरो शिक्षक हो। आज मेरो पढाइको परिभाषा बदलिएको छ। अब मलाई डिग्री चाहिएको छैन, किनकि मैले आत्मविश्वास कमाएको छु।

अब मलाई श्रेणीपत्र चाहिएको छैन, किनकि मैले अनुभव कमाएकी छु। किताबमा नपढिएका कुरा अब मैले आफैँ बुझ्न थालेकी छु। म जीवन पढ्दै छु। शिक्षा केवल विद्यालयमा सीमित छैन।

पढ्न चाहनु ठूलो कुरा हो, तर नपढ्न पाउनु बाध्यता हो। म त्यही बाध्यताको भित्र थुनिएँ, बोल्न सकिन। तर आज त्यो मौनताबाट आवाज बनाएकी छु।

अब म पढिरहेकी छु। दिनहुँ, घरभित्रै। संसार हेर्दै, आफैँलाई चिन्दै, बालाई, आमालाई र आफैँलाई पनि प्रमाणित गर्दै।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार