राष्ट्रिय शिक्षा दिवस विशेष
नेपालको कुल जनसंख्याको करिब ६५ प्रतिशत जनतालाई जीविकोर्पाजन र रोजगारको प्रत्यक्ष अवसर प्रदान गर्ने कृषि क्षेत्रले कुल राष्ट्रिय ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान दिँदै आएको छ। कृषिले राष्ट्रिय आयमा पुर्याएको योगदानमा बागवानीको २१.५ प्रतिशत योगदान रहेको छ
२०७९ चैत २३ गते बिहान रत्नचूडेश्वर माध्यमिक विद्यालयका विद्यार्थी लिएर शिक्षक ईश्वर खत्रीलगायतकाे टिम कृषि अनुसन्धान केन्द्र राजिकाेटमा गएका थियौं। परीक्षाकाे मिति नजिकिँदै गर्दा उनीहरुलाई परियाेजना कार्य सकाउनुपर्ने थियाे। त्यसैले ठाउँ उनीहरु आफैँले चयन गरेका थिए। परियाेजना कार्यकाे विषय कक्षामा छलफल गरी निर्धारण गरिएकाे थियाे।
‘हिमाली क्षेत्रमा फलफूल र तरकारी खेतीबाट हुने आर्थिक लाभ तथा किसानले स्याउ बगैंचा व्यवस्थापन कसरी गर्न सक्छन्’ भन्ने विषयकाे रिपोर्ट बनाउने भनेर छलफल भएकाे थियाे। साेही बमोजिम विद्यार्थीहरुले एक दिने फिल्ड भिजिटकाे व्यवस्थापन गरे। हामी स्कुलबाट करिब दुई घण्टा लगाएर बागवानी अनुसन्धान केन्द्र राजिकाेट पुग्यौं।
जुम्लामा स्थानीय तरकारी, मसला, स्याउकाे विकास र विस्तारमा बागवानी अनुसन्धान केन्द्र राजिकाेटकाे याेगदान छ। यसरी थाेर बहुत याेगदान हाेस् भनेर नै तत्कालीन सरकारले वि.सं. २०२४ सालमा जुम्लाको गैरागाउँमा स्याउ बगैंचा स्थापना गरेकाे थियाे। भारतसँग जनस्तरकाे सम्बन्ध भएका जुम्लीहरुले त्यसअघि केही स्याउका बुटा ल्याएर राेप्ने काम पनि गरिसकेकाे स्थानीयहरु बताउँछन्।
कस्मिरलगायत हिमाली क्षेत्रमा स्याउ उत्पादन भएकाे देखेपछि सरकारले जुम्लामा पनि स्याउ उत्पादन हुन सक्ने सम्भावना बलियाे देखेर नै गैरागाउँमा बगैंचा स्थापना गरेकाे थियाे। जसको मुख्य उद्देश्य विभिन्न जातका स्याउका माउबोट ब्लक स्थापना गर्ने, स्याउका कलमी बिरुवा कर्णाली क्षेत्रका कृषकहरुलाई उपलब्ध गराउने र कृषकहरुलाई नर्सरी, बगैंचा स्थापना तथा व्यवस्थापनसम्बन्धी तालिमको व्यवस्था गराउने रहेको थियो। साेहीअनुरुप हालसम्म काग गरिरहेकाे अनुसन्धान केन्द्र प्रमुख राजकुमार गिरीले बताए।
उनी विगत ११(आनका मितिसम्म १३ वर्ष)वर्षदेखि राजिमाेटमै रहेर अनुसन्धानकाे काममा खटिइरहेकाे छन्। यति ठूलो उदेश्य बाेकेकाे अनुसन्धान केन्द्रमा कार्यरत उनी एक जना मात्रै वैज्ञानिक हुन्। ०३१ सालमा राजीकोटमा बागवानी फार्म स्थापना भइसकेपछि अनुसन्धान केन्द्रकाे उदेश्य थपिएकाे थियाे। जसमा शीतोष्ण फलफूलका बिरुवा, तरकारी तथा आलुको बीउ उत्पादन गरी कृषकहरुलाई वितरण गर्ने। त्यस अनुसार केन्द्रले ९.९१ हेक्टर क्षेत्रफलमा आफ्नाे अनुसन्धान कार्य अगाडि बढाइरहेकाे छ।
‘नेपालको कुल जनसंख्याको करिब ६५ प्रतिशत जनतालाई जीविकोर्पाजन र रोजगारको प्रत्यक्ष अवसर प्रदान गर्ने कृषि क्षेत्रले कुल राष्ट्रिय ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान दिँदै आएको छ। कृषिले राष्ट्रिय आयमा पुर्याएको योगदानमा बागवानीको २१.५ प्रतिशत योगदान रहेको छ,’ अनुसन्धान केन्द्र प्रमुख गिरीले भने, ‘बागवानीजन्य बालीहरुले ओगटेको क्षेत्रफल र यस क्षेत्रमा राज्यबाट गरिएको लगानीको तुलनामा बागवानीको योगदान निकै उच्च रहेको छ।’
कर्णाली क्षेत्रमा खेती गरिने फलफूल, तरकारी तथा मसला बालीहरु जस्तैः स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा, नास्पाती, कागजी बदाम, केशर, लसुन, आलु, बेमौसमी काउली, बन्दा, गोलभेडा, केराउ, मूला, रायो, गाँजर, तरकारी बीउ आदि उच्च मूल्यका बागवानी जन्य बालीहरु ग्रामीण आयआर्जन, रोजगारी सृजना, पौष्टिक खाद्य पदार्थको उपलब्धता र वातावरण संरक्षणका लागि समेत उपयोगी मानिने उनकाे तर्क छ। केन्द्रबाट विकसित प्रविधिहरुको अवलम्बनबाट कर्णाली क्षेत्रमा प्रगतिका संकेतहरु देखिएका छन्। तथापी वर्तमान निर्वाहमुखी बागवानी उत्पादन संरचनालाई आधुनिकिकरण तथा व्यावसायिकरणतर्फ उन्मुख गराउन यी उपलब्धिहरु पर्याप्त नभएकाे उनले स्विकारे।
‘अनुसन्धान केन्द्रमा वैज्ञानिकहरुकाे दरबन्दी खाली छ। विकट ठाउँ भनेर सितिमिति काेही आउन मान्दैनन्,’ उनले थपे, ‘भोकमरी, मौसम परिवर्तन, नयाँनयाँ रोग किराको प्रकोप, कृषि पेशामा युवा पुस्ताको विकषर्ण जस्ता कर्णाली क्षेत्रमा हाल देखिएका समस्याले गर्दा पनि अपेक्षाकृत प्रगति हुन सकिरहेकाे छैन।’
कर्णाली क्षेत्रको उच्च पहाडी भेगको लागि फलफूल, तरकारी र मसला बालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउनको लागि आवश्यक दिगो, कम खर्चिलो र टिकाउ प्रविधिको विकास गर्ने लक्ष्य प्राप्तिका लागि जनशक्ति अभावले बेलाबेला समस्या पारिरहने अनुभव रहेकाे गिरीले सुनाए।
‘हामी बागवानीजन्य बालीहरुमा कर्णाली क्षेत्रको उच्च पहाडी भेगका कृषकहरुले भोग्नु परेका समस्या, सम्भाव्यतामा आधारित अध्ययन अनुसन्धान सञ्चालन गरी उपयुक्त प्रविधिको विकास गर्न चाहन्छौं,’ उनले थपे, ‘विभिन्न तरकारीका बीउ तथा गुणस्तरीय फलफूल बेर्ना उत्पादन गरि वितरण गरिरहेका छाैं। यसबाट किसानकाे जीवनस्तर बड्छ। याे आर्थिक विकासमा टेवा पुगाउने कुरा पनि हाे।’
अनुसन्धान केन्द्रले अपेक्षाकृत रुपमा काम गर्न नसक्नुमा जनयुद्धको प्रभाव, स्रोत र साधनको कमी, विभिन्न समयमा देशमा भएका विभिन्न किसिमका आन्दोलन र संस्थाका आफ्नै कमजोरी समत रहेकाे उनले विद्यार्थीमाझ बताए।
‘हामीले विगतमा दाते ओखरमा सफलता हात पार्न सकेका थिएनाैं। सय वटा ओखर कलमी गरियाे भने २० देखि ३० वटा मात्रै सफल हुन्थे,’ उनले भने, ‘आज प्रविधिमा थाेरै परिवर्तन गर्दा ९० प्रतिशत बढी सफलता हात लाग्न थालेकाे छ। यसले जुम्लाका किसानकाे मुहार फर्न सक्नेछ। याे आर्थिक विकाससँग जाेडिने कुरा हाे।’
उनले विद्यार्थीकाे अपेक्षा अनुसार स्याउ बगैंचा व्यवस्थापनकाे विषयलाई निकै राेचक र सरल प्रस्तुतिबाट बुझाए। बगैंचा व्यवस्थापन कमजोर हुँदा स्याउको उत्पादकत्व तथा फलको गुणस्तरमा कमी आउँछ। फलको गुणस्तर तथा बोटको उत्पादकत्व बढाउन केन्द्रकाे अनुसन्धानबाट प्राप्त नतिजालाई किसानहरुले अवलम्बन गर्नुपर्ने उनकाे राय छ।
‘हामीले बगैंचालाई काँटछाँट गरी ८०० ग्राम नाईट्रोजन र ४०० ग्राम फस्फोरस युक्त रासायनिक मल प्रयोग गर्दा फलको तौल ११५ ग्राम हुनुका साथै प्रतिबोट फलको उत्पादन १६५ केजी भएको पायाैं,’ उनले भने, ‘विना काँटछाँट र विना मलखाद प्रतिबोट ४४ केजी मात्र फल फल्छ। त्यसैले लाभ लिने गरी बगैंचा व्यवस्थापन जरुरी छ।’
१४ औं जिल्ला परिषद, निर्णय अनुसार जुम्ला प्राङ्गारिक जिल्ला घोषणा गरिएकाे छ। त्यसैले बगैंचा व्यवस्थापनका निम्ति पनि प्राङ्गारिक विधि अपनाउन थालिएको छ। स्याउमा लाग्ने विभिन्न रोग तथा किराहरुको जैविक विधिबाट व्यवस्थापन गर्न सञ्चालन गरिएको कृषक समन्वयात्कम अनुसन्धानबाट प्राप्त नतिजाअनुसार एट्सो खनिज तेल १० मिलि लिटर प्रतिलिटर पानीमा मिसाई काँटछाँट गरिसकेपछि जेठ तथा श्रावण महिनामा ३ पटक छर्दा स्यान्जोस कल्ले किराको नियन्त्रण भएको हुन्छ।
स्याउको फल तथा पात कालो हुने रोग, स्याउको हाँगामा लाग्ने झ्याउ, धुले दुसी, पेपरिवार्क तथा कान्ड कालो हुने रोग व्यवस्थापनका लागि १ प्रतिशतको बोर्डो मिश्रण काँटछाँट गरिसकेपछि जेठ तथा श्रावण महिनामा ३ पटक छर्दा प्रभावकारी नियन्त्रण हुन्छ। स्याउमा लाग्ने भुवादार लाही किराको जैविक व्यवस्थापनका लागि एफिलिनस माली नामको परजीवि किराको प्रयोगद्वारा सफलतापुर्वक नियन्त्रण गर्न सकिन्छ।
स्याउको बोटमा ३ मिलि लिटरसम्म प्रभावकारी जिवाणु र ३ ग्राम चिनी प्रतिलिटर पानीमा मिसाई काँटछाँट गरिसकेपछि जेठ तथा श्रावण महिनामा ३ पटक छर्दा स्याउको फल आकर्षक हुनुका साथै स्याउको उत्पादन २८ प्रतिशत वृद्धि हुन्छ। फलको संख्या १.५ प्रतिशतले घट्ने तथा २७ प्रतिशतले तौल बढ्ने अनुसन्धानबाट पत्ता लागेकाे छ। उनले बगैंचा व्यवस्थापनलाई पनि आर्थिक विकाससँग जाेडे। विद्यार्थीहरुले याे कुरा नाेट गरिराखेका रहेछन्। फर्किंदै गर्दा बाटाेमा सुनाए।
राजिकाेटले ‘स्नो काउन’ जातको वर्णशंकर काउली तयार पारेकाे छ चाँडै तयार हुने, बढी फल्ने, हेर्दा आकर्षक हुने तथा रोग किरा कम लाग्ने यसकाे विशेषता छ। ग्रीन कोरोनेट जातको वर्णशंकर बन्दा ढिला विकास गरेकाे छ। याे तयार हुने भएता पनि बढी फल्ने, तुसारो सहन सक्ने, हिउँदमा डल्ला नफुटने, डल्ला कडा हुने तथा बन्दा आकर्षक हुने तथा रोग किरा कम लाग्ने विशेषता भएकाे छ। त्यस्तै सृजना जातको वर्णशंकर गोलभेडा बढी फल्ने, ओइलाउने र डडुवा रोग सहन सक्ने हुँदा किसानकाे बारीसम्म पुगेकाे छ।
अनुसन्धान केन्द्रले खुमल सेतो १, डेजिरे, कुफ्रिज्योति जातहरु आलुहरु माटाे सुहाउँदाे भएकाे हुँदा विकास गरि सिफारिस गरिसकेकाे छ। मूला (टोकीनासी), रायो ( माफ चौडापात), गाजर (न्यू कुरुडा), स्वीसचार्ड (सुसाग), केराउ (सर्लाही अर्केल), प्याज (रेड कियोल), लसुन (चाइनिज तथा काठमाडाैं स्थानीय) आदिको बीउ उत्पादन प्रविधि विकास गरेर किसानलाई सिफारिस गरेकाे गिरीले बताए।
बागवानी अनुसन्धान केन्द्रले लामाे समयकाे अनुसन्धानबाट सिफारिस गरेका फलफूल, तरकारी तथा मसला बालीहरुबाट किसानकाे जिवनस्तर उठाउने सकिने भन्दै विद्यार्थीलाई पनि व्यवसायिक कृषि खेतीमा लागे राम्राे आम्दानी लिन सकिने गरी उत्प्रेरित गरे।
त्यसपछि उनले खटाएका कर्मचारीले हामीलाई फिल्ड भिजिट गराए। त्यहाँ हामीले तरकारीका बेर्ना, फलफूलकाे बगैंचा, नर्सरी सबै हर्यौं। गिरीले दिएकाे प्रशिक्षण, कर्मचारीले गराएकाे फिल्ड भिजिट अनुसार विद्यार्थीले यस्ताे निष्कर्ष निकाले।
१. यदि किसानले करेसाबारीमा तरकारी राप्याे भने पाेषणकाे हिसाबले फाइदा हुने भयाे। पाेषणकाे हिसाबले हेर्दा पनि आर्थिक जाेडिने रहेछ। शरीरका लागि चाहिने मात्रामा पाेषण पुगाउन सक्याैं भने हामीलाई अस्पताल धाइरहनु पर्दैन। जसले समय र पैसा दुबै जाेगाउन सकिन्छ। जुन हामीले लिन सक्ने लाभ हाे।
२. कसैले बारीमा रायाे, जाँजर, मेला, तरकारी राेपेर बजारमा बेच्ने, त्यसबाट लगानीकाे दायरा बढाउने, पुन: लगानी गर्ने लगायत गतिविधि गर्यो भने पनि त्याे कुरा अर्थाेपार्जनसँग जाेडिन्छ। बगैंचा व्यवस्थापन नगरे स्याउ उत्पादन बढाउन सकिँदाे रहेनछ।