सोमबार, १२ माघ, २०८२

१० मिनेटको अन्तरालमा बुबाले भगवान्लाई रोज्नु भयो, हामी एक्ला भयौं

मलाई बोलाउनको लागि भित्रबाट डाक्टर हतार हतार आइरहनुभएको थियो। उहाँ आइसियु भित्रै बिरामी हेरिरहनु भएका डाक्टर विवेक हुनुहुन्थ्यो। उहाँले “हेर्नु न, बुवालाई एक्कासी गाह्रो भयो,” भन्नुभयो। मैले भनेँ, “के भयो? त्यसो?” त्यति भन्दाभन्दै मेरो बुवाले भगवानको बाटो रोजिसक्नुभएको रहेछ। म जाँदा अलिकति सास मात्र बाँकी थियो। तर बुवा बोल्न सक्नु भएन। मैले चर्को स्वरमा “बुवा” भनेर आवाज निकालेँ। तर मेरो बुवाले सुन्नु भएन। मेरो बुवाले मलाई १० मिनेटको अन्तराल झुक्काएर भगवानको बाटो रोजिसक्नुभएको रहेछ।

स्वर्गीय बुवा हजुर आउनु भएन त। आज सात दिन भयो, यता हामी पर्खिरहेका छौं। २०८२ साल मंसिर १० गते एका बिहानै मेरो घरबाट फोन आयो। फोन आएको थियो। मलाई जन्म दिने मेरी आमाको फोनमा भएको कुरा, “भाउअ:अ, बुवाको बीमाको कार्ड पठाइदे त हुन्छ मम्मी” भनेर फोन राखेँ। एकछिन पछि छिटोछिटो पठाइदे भन्ने खबर आयो।

त्यो फोन मामा बमबहादुर रानाको थियो, कुरा करिब ११ बजेतिरको हो। यसो सोचे गाउँमा कुनै शिविर आएको होला, त्यसैको लागि बीमाको कार्ड माग्नुभएको होला भन्ने सम्झेँ। बीमाको कार्ड त माग्नुभयो तर भान्जा छिटो छिटो ह्वाट्सयामा पठाइदिनु न भनेर कल हतार हतारमा आयो। होइन, किन यति हतार हतार गरेर बीमाको कार्ड मागेका होलान भन्ने मेरो दिमागमा चार बजे ख्याल आयो।

होइन फेरि कल गर्नुपर्‍यो। किन हतार हतारमा मागेका हुन् भनेर कल गरेको त ‘भिनाजुलाई हामीले अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याएका छौं’ भनको सुन्ने बित्तिकै आङ सिरिङ्ग भयो। शरीर छिट्टै तातिसक्यो, पसिना खलखली आउन थाले। हे भगवान, किन के भएको हो मेरो बुवालाई भन्दै त्यसपछि तुरुन्तै फोन गरे।

“हैन, भिनाजुलाई गाह्रो भयो। त्यही त्यसोभएर अस्पताल ल्याएको हो?” मामा भन्नु न के गाह्रो भयो? भन्ने प्रश्न फेरि दोहोरियो। मामा फोन ममीलाई दिनु न भने, ममीले भन्नुभयो, “बिहान स्कुल जाने बेला रेडी भएर धारामा रित्तो ग्यालिन उठाएर पानी भर्दिन्छु” भने। भाउ मैले ‘ठिकै छ त?’ भने त्यो भन्ने बित्तिकै मलाई गाह्रो भयो।

त्यसपछि ट्वाइलेटमा जाँदाखेरि ढिलो गर्नुभयो ममी पछि जानुभएछ। ममीले के भयो भन्दाभन्दै ट्वाइलेट भितरबाट आउन सक्नु भएनछ। त्यसपछि ममीले चिच्याउँदै वरिपरका छिमेकीलाई गुहार्नुभएछ। त्यसपछि तुरुन्तै अङ्गराज धिताल दाइले एम्बुलेन्स बोलाइदिनुभयो।

नजिकको नराकोट बजारमा भएको मेडिकलमा लगिएछ। दुखाइ कम गर्ने औषधि लगाइदिनुभएछ। त्यसपछि त्यहाँको डाक्टरको सल्लाह बमोजिम बुवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बजार गरिएछ, एम्बुलेन्समा।

साथमा दमले ग्रस्त भएकी मेरी आमा, त्यसमाथि पीडा भोगिरहेका मेरा बाबा र भिनाजु भनेर अत्यन्तै माया गर्ने बमबहादुर मामा। साथमा एम्बुलेन्सको पछाडि पछाडि हतार हतार गर्दै रफ्तारमा बाइकमा दौडिरहेका सन्तोष धिताल अंकल, साथमा गाउँले सार्के बाजे, भाइ लंकराज धिताल, हरिशंकर धिताल, इन्द्रलाल धिताल, जुम्ला अस्पतालमै कार्यरत अग्नि जैसी अंकल र गाउँलेहरू।

जुम्ला बजार आइपुगेर देवराजको अवस्था अहिले कस्तो छ भनेर धेरै आफन्तले बुझ्न चाहिरहेका रहेछन्। त्यतिबेला बुवा इमर्जेन्सी वाटमा हुनुहुन्थ्यो। केही समय आइसियुमा राख्ने कुरा भएको छ भन्ने खबर आफन्तजनलाई सुनाइयो। को छ अन्य गाउँलेहरू देवराज धितालको उपचारमा केही कमी हुन्छ कि भनेर साथमा पैसा बोकेर आइराख्नु भएको रहेछ।

यता नेपालगञ्जको देवराज धितालको घरमा निकै छटपटी भइरहेको थियो। के भयो मेरो बुवालाई यस्तो एक्कासी? भनेर मलालाई निकै खुल्दुली चलिरहेको थियो। हे भगवान हाम्रो बुवालाई बचाइदेउ भन्ने प्रार्थना गरिरहेका थियौं।

जुम्ला अस्पतालले नेपालगञ्ज लैजानुस् छिटो सन्चो हुन्छ भन्ने म्यासेज दियो। ओके छ त भनेर हामी रेडी भयौँ। नेपालगञ्जमा लैजाने तर बुवालाई अक्सिजन बिना नेपालगञ्ज ल्याउन गाह्रो थियो। संजोगले त्यो दिन नेपाल एयरलाइन्स जुम्लाबाट नेपालगेञ्ज आउने खबर आयो।

नेपाल एयरलाइन्सले अक्सिजन लगाएर तलतिर बिरामीलाई पठाउन सक्दैनौँ, हामी यस्तो जोखिमपूर्ण बिरामीलाई लिँदैनौं भन्ने खबर दियो। त्यसपछि हामीले टिकटको लागि निकै प्रयास गर्‍यौं। त्यो पहिलो प्रयास गर्ने व्यक्ति हुनुहुन्थ्यो मेरो फुपाजु हंशराज न्यौपाने, लंकराज धिताल भाइ लगायत अन्य आफन्तजन।

धेरै प्रयास गर्दागर्दै टिकट हुने, नहुने कुनै टुङ्गो लागेन। त्यसपछि टिकट हुने त भयो तर चार जना बिरामी हुनुहुन्छ। बिरामी टिकट दुई जनालाई मात्रै पाउँछ भन्ने खबर आयो। त्यसो गर्दा पनि टिकट हुन्छ या हुँदैन भन्ने टुङ्गो लागेन। त्यसोभए हेलिकप्टर रिजर्भ लागि व्यवस्था गरौं भन्ने छलफल चलिरहेको थियो।

मेरो घर परिवारलाई एकदमै माया गर्ने गृह मन्त्रालयमा कार्यरत अंकल उमाकान्त अधिकारीज्यूको समन्वय तथा सहयोगले टिकट हुने कुरा पक्का भयो। त्यसपछि टिकटका लागि निकै भौतरी रहेका मेरा फुपाजु हंशराज न्यौपानेलाई फोन गरेँ।

फुपाजुले भन्नुभयो, “टिकटका लागि दौडिरहेको छु। एयरपोर्टतिर छु।” मैले भने, “हजुर त्यहाँबाट फर्किनु र सिडियो कार्यालयमा गएर सिडियोसँग कुरा गर्नु। टिकट फिक्स भइसकेको छ भने कुरा गरेँ।” उहाँ भन्नुभयो, “त्यसो भए राम्रो भयो नि।”

मेरो घरपरिवारलाई साह्रै माया गर्ने अति नै प्यारा मान्छे मेरा अंकल उमाकान्त अधिकारी, गृह मन्त्रालयबाट फोन गर्नुभयो। जुम्लाबाट प्लेन उठ्ने तयारी गर्दैछ, केटा अक्सिजनसहितको व्यवस्था गरेको छु, केही चिन्ता नलिनु भन्नुभएको थियो। म नेपालगञ्जको तयारी गर्दै थिएँ।

नेपालगञ्जको एयरपोर्ट भित्रै एम्बुलेन्स तयारी अवस्थामा राखिराखेका थियौँ। नेपालगञ्जमा तयारी अवस्थामा रहेका मामा जयराम पाण्डे लगायत अन्य व्यक्तिहरू तयारी अवस्थामा थियौं। त्यसपछि हामीले नेपालगञ्जको भेरी अस्पताल पुर्‍यायौं।

बुवालाई लग्ने बित्तिकै हामीले औषधि उपचार गर्न सुरु गर्‍यौं। उपचारमा विभिन्न प्रकारका टेस्टहरू एमआरआई, सिटी स्क्यान लगायत चेकअप रफ्तारमा अगाडि बढिरहेका थिए। नेपालगञ्ज आएको पहिलो दिन मंसिर ११ गते विभिन्न प्रकारका ल्याब टेस्ट जस्तै क्रियाकलाप भइरहेका थिए र बिरामीलाई आइसियुमा राख्ने कुरा भयो।

डाक्टर कृष्ण अधिकारी जुन मुटु रोग विशेषज्ञ, डाक्टर विकास नेपाल मुटुरोग विशेषज्ञ, डाक्टर राजन पाण्डे फिजिसियन, डाक्टर संकेत रिसाल फिजिसियन, डाक्टर प्रकाश, डाक्टर कमल, डाक्टर खान, भेरी अस्पतालका ल्याबका प्रमुख मामा प्रश्न मिश्रा, नेपालगञ्ज भेरी अस्पतालका नरसिंह अफिसर, पद्ममा देवकोटा, मामा जयराम पाण्डे लगायतको टिमहरू खटिएको देखेर मलाई खुसी लागिरहेको थियो।

मंसिर १२ गतेको रिपोर्ट हेर्दा सुधार भइरहेको थियो। मंसिर १३ गतेको रिपोर्ट त्योभन्दा पनि राम्रो आएको थियो। मंसिर १४ गतेको रिपोर्ट पनि त्योभन्दा धेरै राम्रो आइरहेको थियो। मंसिर १५ गतेका रिपोर्ट पनि धेरै राम्रो आइरहेको थियो। त्योभन्दा धेरै राम्रो, उत्तम थियो।

१५ गते डाक्टर पारस आइसकेपछि बुवालाई नर्मल वार्डमा सार्नको लागि आइसियुका कर्मचारीलाई अनुमति दिनुभएको रहेछ। हामी आइसियुबाट नर्मल वार्डमा सर्ने तयारीमा थियौँ। त्यतिबेला हामीलाई के लाग्यो भने बुवालाई आज पनि एक रात आइसियुमा राख्दा झनै राम्रो हुन्छ भन्ने थियो। स्वास्थ्यमा सुधार हुन्छ, अझै राम्रो हुन्छ।

मंसिर १५ गतेको राति १० बजेदेखि बिहान ५ बजेसम्म म बुवासँगै बसिरहेको थिएँ। सोही दिनको राति ३ बजेर एक मिनेट ममीको फोन आयो। ममी यति राति किन फोन गर्नुभयो भनेँ? उहाँले भन्नुभयो, “छोरा, राति निन्द्रा परेन, मलाई बुवालाई कस्तो छ भनेर फोन गरेको।”

मंसिर १६ गते धिताल परिवारका लागि अथवा विजयराज धितालको घरमा कालो दिन बन्न गयो। मंसिर १६ गतेको बिहान ७ बजेर १ मिनेटमा मेरो घरमा बहिनी सुनितासँग कुरा भयो। “आज बुवा राति सुत्नुभएन र मलाई पनि सुत्न दिनुभएन।” बहिनी के भयो होला? भनेँ। “बुवालाई निन्द्रा परेन होला,” भनी बहिनीले भनिन्।

“तर पनि बुवाको अवस्था एकदम ठिक छ, अब नर्मल वार्डमा जाने हो, पछि खाना ल्याएर आउनू, म बुवालाई फोन गर्छु। बहिनी ममीलाई पनि त्यही भन्नु,” भनेर फोन राखेँ।

एकचोटि मेरो मामा जयराम पाण्डेलाई फोन गरेँ। मामा, “हजुर कता हुनुहुन्छ, भान्जा? किन फोन गर्नुभयो?” मैले भनेँ, “मामा, आज बुवाको रगत परीक्षण किन गरेको होला?” भनेँ। उहाँले भन्नुभयो, “होइन, आज भिनाजुलाई वार्डमा सार्ने हो, पछि १० बजेपछि रगतको जाँच हुन्छ।” मलाई ठिकै हो भन्ने लाग्यो।

त्यसो भए त्यो कुरा गर्दागर्दै लगभग ७ बजेर १५ मिनेट गइसकेको थियो। त्यस बेला रगत जाँच गर्नुपर्छ भनेर त्यहाँको नर्सले रगतको जाँचको बिल काटेर आउनुस् भन्नुभयो। म बिल काट्न गएँ। बिल काटेर रगतको जाँच गर्नको लागि स्याम्पल लिनको लागि आईसीयु भित्र गएर नर्सलाई बिल दिएँ।

नर्सले मेरो बुवाको रगत एक सिरिन्ज तानेर सानो स्याम्पलको बोतलमा राखेर ल्याबमा पुर्‍याएर आउँछु भनेँ। भन्नुभयो बुवाले, त्यसपछि ल्याबमा पुर्‍याएर आए अनि ल्याबमा मैले रिपोर्ट कतिखेर आउँछ भनेँ, नर्सले दुई घण्टा जति लाग्छ र त्योभन्दा अलि छिटो आउनु भन्नुभयो।

ल्याबनेको ट्वाइलेट एकछिन गएँ। र एकछिन आइसियु बाहिर उभिरहेको थिएँ। त्यो ७ बजेर २० मिनेट हाराहारीको कुरा हो। एक जना बिरामीको कुरुवाले, “तपाईँलाई भित्र बोलाएका छन्” भने। “हो,” भनेर हतार हतार भित्र आइसीयु भित्र गएँ।

मलाई बोलाउनको लागि भित्रबाट डाक्टर हतार हतार आइरहनुभएको थियो। उहाँ आइसियु भित्रै बिरामी हेरिरहनु भएका डाक्टर विवेक हुनुहुन्थ्यो। उहाँले “हेर्नु न, बुवालाई एक्कासी गाह्रो भयो,” भन्नुभयो।

मैले भनेँ, “के भयो? त्यसो?” त्यति भन्दाभन्दै मेरो बुवाले भगवानको बाटो रोजिसक्नुभएको रहेछ। म जाँदा अलिकति सास मात्र बाँकी थियो। तर बुवा बोल्न सक्नु भएन। मैले चर्को स्वरमा “बुवा” भनेर आवाज निकालेँ। तर मेरो बुवाले सुन्नु भएन। मेरो बुवाले मलाई १० मिनेटको अन्तराल झुक्काएर भगवानको बाटो रोजिसक्नुभएको रहेछ।

१० मिनेट, ७ बजेर २० मा म बुवा ठिकै हुनुहुन्छ भने खबर पाएको थिएँ। साँझ २० देखि ७:३८ मा म बुवा पुरै भगवानसँग सँगै गइसकेका रहेछन्। त्यसपछि मलाई निकै गाह्रो भयो।

म आफू सम्हाल्न नसक्दा सक्दै घरमा फोन गरेँ। जब मैले फोन गरेँ, सबै घरपरिवार एकैछिनमा अस्पतालको आइसियु भित्र पुगिसकेका थिए। त्यससँगसँगै मेरा आफन्तजनहरू पनि अस्पताल घेरिसकेका थिए।

“यो हुनै नसक्ने कुरा कसरी भयो? यो हामीलाई कुनै विश्वास छैन। यो हुनै सक्दैन। बिहान ७ बजेर २० मिनेटसम्म स्वस्थ भएको मान्छे एकाएक कसरी भगवानको बाटोमा जान सक्छ?” भनेर अस्पताल पुरै गुन्जायमान भयो।

त्यसपछि अस्पतालको मेसुलाई सिधै गृहमन्त्रालयबाटलफोन गयो। “यो फलानो बेटामा बसेको मान्छेको मृत्यु कसरी भयो? कुन कारणले भयो? मलाई यसको स्पष्टिकरण दिनुस्।” भनेपछि उहाँले भन्नुभयो, “होइन सर, हामी पनि अचम्मित छौँ। एकैछिनमा फोन राख्नुस्, सर, हजुरलाई यसको के कारण भएको हो मैले पुरै समग्रमा स्पष्टीकरण दिन्छु।” भन्नुभयो।

“Sudden cardiac arrest” भएको हो सर। हामीलाई क्षमा गर्नुस्। हामीले हजुरका आफन्तलाई बचाउन सकेनौँ। यसप्रति अस्पताल पनि क्षमा माग्न चाहन्छ। त्यसपछि त मेरो घरमा आफन्तजनले सबै घरमा आइसकेका रहेछन् हामीलाई सान्त्वना दिनका लागि त होला।

लिएर घर पुग्न पाएको छैन। मेरा आफन्तले घर पुरै घेरिसकेका र पुरै घरमा सन्नटा, रुवाबास चलिरहेको थियोे। मेरो बुवालाई भगवानले मंसिर १६ गते बिहान करिब ७ बजेर ३० मिनेटदेखि ३८ मिनेट बीचको समयमा पुरै फिर्ता नदिने हिसाबले लगिसके।

जहाँ जति ठूलो आवाज गरे पनि सुनेनन्। हिजोका दिनमा मेरो बुवाले मैले मनभित्र बोलेको आवाज पनि मेरो बुवा ठूलो आवाजले सुनेजस्तै लाग्थ्यो। तर त्यतिबेलाको घाँटीको आवाज, आवाज बस्ने गरी बोलाउँदा पनि बुवाले सुन्नुभएन। हे भगवान किन यस्तो?

जति पटक “बुवा” भन्छु त्यति पटक बुवा सुन्नु हुँदैन। बुवा अब हामीलाई हजुरले कहिले नभेट्ने गरी जानुभयो। बुवा हजुरको स्वर्गमा बास होस्।

हामीले केही गल्ती गरेका छैनौं। बुवा सामाजिक सञ्जालभरि तपाईंको मात्रै फोटो छ। खै किन? तपाईँले कति जनालाई के दिनुभएको थियो र आज जति पटक सामाजिक सञ्जाल चलाउँछु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म होस् या मोबाइलको चारै कुनाबाट खाली तपाईंका मात्रै फोटो आउँछन्।

होइन, हामीलाई छटपटमा पारी हजुर कसरी स्वर्गमा जानुभयो? हामीलाई पनि सँगै लैजानुहोस्। हामी तपाईंसँग आउन चाहन्छौं। बुवा तर हजुर गएकै समयमा हामीलाई एकैपटक स्वर्गमा लिएको भए हामी तपाईंको पछिपछि आउने थियौं भन्ने लाग्छ।

बुवा हजुर मात्र एक्लै जानुभयो। म रातभरि १० बजेदेखि बिहान ५ बजेसम्म तपाईंकै काखमा उभिएको थिएँ। १० मिनेटमा म के बाहिर गएको थिएँ, हजुरले त यो संसार छोडिसक्नुभएको रहेछ। बुवा, म कसरी बाँच्न सके? त्यो पीडा कसरी छेक्न सके? थाहा छैन।

बुवा, तपाईँले रोगी दमले ग्रस्त भएकी आमालाई थप उपचार गर्छु भन्ने वाचा कसम पनि खानुभएको थियो। आमालाई अब हामीले कसरी बचाउन सक्छौं? बुवा, तपाईंले पहिला हामीलाई आमालाई औषधि खान भन्नु, खाना खान भन्नु भनेर हामीलाई सम्झाउनु हुन्थ्यो। आमाको यति ठूलो पिर गर्ने हजुर किन यति छँडै भगवानसँग जाने इच्छा राख्नुभयो?

बुवा हामीलाई भनिदिनु न। तपाईंका सम्पूर्ण प्रियजन, आफन्तजन, शिक्षक साथीभाइ, कर्मचारी, नेता सबै तपाईंको हेर्नका लागि अन्तिम बाटो पर्खिरहेका छन्। तपाईँको नचल्ने शरीर, तपाईँको नबोल्ने मन, तपाईँको नधड्कने मुटु, तपाईंका बन्द भएका आँखा, तपाईंका बन्द कान, तपाईंको बन्द मुस्कान सबै खुलेको भए भन्ने लाग्छ। तर तपाईं त कहिले नफर्किने गरि अनन्त यात्रामा गइसक्नु भएको छ।

तपाईं स्वर्गमा जानुभयो, तपाईंका मनहरू उतै रमालिएका होलान्। बुवा, यो धर्तीमा त बादल मडारिएको छ। तपाईंका ती आफन्तहरू तपाईंको घरमा परेवा बसेजस्तै झपक्क बसिरहेका छन्। देवराज धितालको पार्थिव शरीरलाई हार्दिक श्रद्धाञ्जली भनिएको शब्द बाहेक केही गुन्जिएको छैन कानमा।

धिताल परिवारको बलियो खम्बा धरहरा जस्तै टुटे, जस्तै भाँचिए। बुवा अहिले तपाईँको गुणगान गाउने मान्छे मात्रै भेटिन्छन्। हजुर नराम्रो भन्ने मान्छे भेटेको छैन। सायद यिनै कुराले हामीलाई हिक्मत दिइरहेको छ।

म हजुरको धर्म कहिले फाल्ने छैन। हजुरले सिकाएका बाटाहरू कहिले बिर्सिने छैन। हजुरले गरेका अझसम्मका कामहरूको बाटोमा हिँड्ने ठूलो कोसिस गर्नेछु। बुवा, हजुरले गर्न नसकेका कामहरू म पूरा गरेर देखाउनेछु। तपाईंका तीनवटा पुत्र, एउटी छोरी र तपाईंका अति नै प्रिय ज्वाईं र तपाईंका अति नै प्रिय बहिनीहरू तपाईंको घरमा आइपुगेका छन्।

बुवा, हजुर आउन नसके पनि सपनामा आएर भनिदिनुस् न। बुवा त्यही बाटो देखाएर जानुस् न भन्ने मात्रै लाग्छ। तपाईंका शिक्षक कर्मचारी साथीहरूले तपाईँलाई सम्मान गरेर पठाउन खोजिरहेका छन्। तपाईँलाई बाँके र बर्दियाका सिडियो सरहरूले सम्मान गरेर पठाउन खोजिरहेका छन्।

स्वामी प्रसाद ज्योतिष वा बाहुन माननीय श्री टेकराज पछाईज्यू लगायत सरहरूले सम्मान गरेर पठाउन खोजिरहेका छन्। स्वर्गमा बास होस् भनेर बैकुण्ठमा बास होस् भनेर बाँके र बर्दियाका तपाईंका शुभचिन्तकहरूले तपाईँलाई हेरिरहेका छन्।

तपाईंको हार्दिक श्रद्धाञ्जली, तपाईंको बैकुण्ठमा बास होस् भनेर भनिरहेका छन्। बुवा, तपाईँलाई घरबाट चाँडै भगवानसम्म पुर्‍याउनका लागि लाभालस्कर भएर बसिरहेका छन्। तपाईंका प्रिय मान्छेहरू तयारी अवस्थामा बसिरहेका छन्। तपाईँलाई चारपाङ्ग्रे गाडीहरू, दुईपाङ्ग्रे गाडीहरू तपाईंको अन्तिम संस्कार हामीले नचाहेर गर्नुपरेको छ।

बुवा, तपाईँसँग सिङ्गो सिजाखोला स्तब्ध भएको छ। यो हुन नसक्ने घटना कसरी भयो भनेर तपाईंले पढाएका विद्यार्थीहरू आज तपाईँलाई सम्झिरहेका छन्। भेट्न सक्नेले भेटेका छन्, भेट्न नसक्नेले सामाजिक सञ्जालबाट आफ्नो दुःख पोखिरहेका छन्। तपाईंका कर्मचारी साथीहरूले तपाईंले पढाउने विद्यालयमा शोक मनाइरहेका छन्।

तपाईँ जन्मेको गाउँ, तपाईँ हुर्केको ठाउँ धिताललिहीमा सबै गाउँलेहरूले शोक मनाइरहेका छन्। तपाईंका छोराका ससुराली पट्टि आइपुगेका छन्। तपाईंका ससुरा-सम्धी-सम्धिनी आइपुगेका छन्। बुवा, चियानघाटसम्म पुगेर यो तपाईंले गरेको कुरा देख्न सक्नुहुन्न। यो नै तपाईंको सद्मार्ग हो भन्ने लाग्छ।

कुनै चौतारो बनाएको खण्डमा वा अन्य कुनै विश्राम स्थल बनाएको खण्डमा तपाईँलाई भेट्न आउने तपाईंका मनसँग मन साटेका ती मान्छेको नामसहित प्रष्ट्याउने कोसिस गर्नेछौं। बुवा, तपाईंको स्वर्गमा बास होस्। बैकुण्ठमा बास होस्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार