शुक्रबार, २९ फाल्गुन, २०८२

कविता :बदलिँदो परिवारको कथा

पहिले, बुवा-आमाको मृत्युले
बच्चा टुहुरा हुन्थे,
आजचाहिँ, सन्तान बाँच्दा पनि
आमाबाबु टुहुरा बन्छन्।

गाउँका घरहरू ढाकिएका छन्,
रूखको हाँगाले, झारको छायाले,
भित्तामा झुण्डिएको पुरानो झोला,
सम्झनाको चिनो बन्‍ने कागजले
माटोमा पसिनाको अक्षर थियो,
बुबाको काँधमा आशा थियो,

आमाको हाँसो भित्तामा गुञ्जिएको,
त्यो घर-दैलोमा स्वर्ग थियो।
तर आज ती हातहरू रित्तै छन्,
टाढा गएका छोराहरूका सपना लिएर,
मोबाइलको “टुनटुन” ध्वनिले मात्र
बाँच्दैछन् माया र भरोसा समाएर।

विदेशी शहरका उज्याला सडकमा
सफलता खोज्दै हिँड्ने सन्तान,
बिर्सिन्छन् त्यो आँगन,
जहाँ हरेक पाइलामा आशीर्वाद फुल्थ्यो बिहान।

सजिएको घर, खाली हृदय,
झ्यालबाट भित्र छिर्छ घाम,
तर न आउँछ हाँसो, न सुगन्ध,
बस मौनतामै बित्छ साँझ।

हे छोरा, फर्केपछि बुझ्नेछौ 
घरको मूल्य रुपियाँले नापिन्न,
आमाबाबुको न्यानो हात,
यही त साँचो सम्पत्ति हो, मेटिन्न।

समय बद्लियो, पुस्ता फेरियो,
तर नबद्लियो त्यो पर्खाइ,
“छोरा, दशैंमा आउँछस् नि?” भन्ने
आवाज अझै प्रतिक्षामा छ,
बुवा-आमाको ओठमा मन्द मुस्कानसहित।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार