नेकपा एमाले जुम्लाले आइतबार जिल्लाका आठवटै स्थानीय तहमा एकैसाथ पालिका सभा सम्पन्न गरेको छ। आसन्न महाधिवेशन लक्षित गरि सभा गरिएको हो।
पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी दिन र संगठन सुदृढीकरणका लागि गाउँ कमिटी, जनवर्गीय तथा पेशागत संगठनहरूको सहभागितासहित एमाले जिल्ला कमिटीले जुम्लाका सबै स्थानीय तहमा एकैदिन पालिका सभा गरेको बताइएको छ।
पार्टीका प्रचार–प्रसार विभाग प्रमुख सरोज शाहीका अनुसार, सभाहरूमा राष्ट्रिय राजनीतिक स्थिति, आगामी रणनीति र संगठन विस्तारबारे गहन छलफल गरिएको थियो।
उनले गाउँ–गाउँमा संगठन पुनः सक्रिय बनाउन मद्दत गरेको र कार्यकर्ता तथा नागरिकबीच विश्वास अभिवृद्धि गरिएको बताए।
यसैक्रममा एमालेले आगामी २९ मंसिरमा जुम्ला सदरमुकाममा ठूलो जिल्ला जनसभा गर्ने तयारी गरेको छ।
















