बिहीबार, २१ फाल्गुन, २०८२

जुम्लाको श्रीढुस्कामा अटो दुर्घटना: ४ वर्षीय बालक घाइते

जुम्लाको चन्दननाथ नगरपालिका–९, श्रीढुस्कामा आइतबार बिहान भएको अटो दुर्घटनामा परेर एक बालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहान करिब ९ बजे स्थानीय देउभाग्या उपाध्याय (४) अटो दुर्घटनामा परेर गम्भीर घाइते भएका हुन्।

उनलाई उपचारका लागि तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। दुर्घटनामा संलग्न अटो (क.प्र.१ ह ५० नम्बर) का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बाबु रेग्मीले जानकारी दिए।

उनका अनुसार अटो कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे थप विवरण संकलन भइरहेको छ। प्रारम्भिक अनुमानमा लापरवाही वा प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने बताइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार