बिहीबार, २१ फाल्गुन, २०८२

तिला तीनमा गाडी दुर्घटना हुँदा चारजना घाइते

आज दिनको करिब १२:३० बजेको समयमा जुम्लाको तिलामा गाउँपालिका ३ मा गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

तिला ३ को पहाडा लुम्सेरा नजिकै लु. १ ज.१३९४ डबल क्याब बुलेरो गाडी दुर्घटनामा परेको हो। उक्त घटनामा एकजनाको अवस्था गम्भीर भएको अरु तीनजनाको अवस्था सामान्य रहेको तिला ३ का वडाध्यक्षले बताए।

दुर्घटनामा घाइतेहरुलाई उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ। घाइते हुनेहरुको पहिचान खुल्न भने बाँकी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार