मंगलवार, १९ फाल्गुन, २०८२

दशैं विशेष मुक्तकहरु

विदेशीने गाउँमा झरुन् यत्ति चाहाना छ
अकालमा कोहि नमरुन् यत्ति चाहाना छ
सुख शान्ति हर्षोल्लास छायोस् सबै तिर,
नौ दुर्गाले रक्षा गरून् यत्ति चाहाना छ।

लाहुरे देखि लाहुरे पनि गाउँमा आएको छ
चट्ट जिउडाल हिरो बनि गाउँमा आएको छ
वर्षौँ भाथ्यो गाउँ छोडेको लाहुरे गए देखि,
भेट हुने दिन गनी गनी लाहुरे आएको छ ।

कोहि लाई दशैँ कोहिका लागि दशा नबनोस्
दिन दाहाडै लठ्याई दिने एक नशा नबनोस्
घाटी हेरेर नै हाड निल्नु रिणमा नडुब्नु,
एकले जे गर्छ अरू पनि उसै जसा नबनोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल