शुक्रबार, २२ फाल्गुन, २०८२

कविता- सत्ताको लोभ

बिन्ती भगवान् !
यो नेता प्रजातिलाई कुर्सीबाट,अलग
नपारिदिनु !
कुर्सी बिना अनि कुर्सी टाँगिएको पद बिना
यिनको मुटुको धड्कन चल्दैन्
यिनको रक्तसञ्चार प्रणाली बन्द हुन्छ !

बिन्ती भगवान्
बरु मिल्छ भने यो संसद पुनस्थापना गरिदेउ
तिनका पदको सम्पत्ति तिनकै
निधारमा टाँसिदेउ
मैले यिनको भड्किएको चीत्कार सुन्न सकिनँ

सत्ताको लोभ यति भयानक हुँदो रहेछ
आफैं मारेको लास भन्दा पनि प्यारो
त्यहीँ कुर्सीको आस हुँदो रहेछ

सानासाना भविष्यका कर्णधारले
गलतको विरुद्ध विद्रोह गरे
तर सत्ता भन्नेले कलिला मुनाको
घाँटी निमोठेर हत्या गर्यो !

यो नेता प्रजातिको अगाडि दया,माया,करुणा,
भावनाको कुरा गर्दै नगर्नु
यो यिनलाई मतलबको विषय हुँदै होइन्

यिनले न त आमाको आँसु चिन्छन्
न पिडाको महसुस गर्छन्
आँसुको मूल्य नचिनेर अनि भन्छन्
‘संसद पुनस्थापना हुनुपर्छ’

बिन्ती भगवान्
यिनी मरे भने पनि माथि स्वर्ग भन्ने
को दुनियाँ हो त्यो?
त्यताबाट यिनको निम्ति कुर्सी र पद
पठाइदिनु

कुर्सी र पद बिना यिनका आत्माले
समेत सायद शान्ति पाउदैन ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार