मंगलवार, १९ फाल्गुन, २०८२

कविता-अलौकिक आवाज

हेर्दा भने एक विशाल जंगल अग्ला अग्ला रूख छन्
दाल चिनीका बृक्ष देखि अनेक प्रजातिका वृक्ष छन्
सारीवाङ पनि नजिकै पर्दछ धरमपानी पनि
प्यूठान खलंगा पनि यही पर्छ लौ मल्लरानी अनि

घुम्न जान शुन्दर लागे पनि लौ एक्लै भने सकिन्न
बर्खा लाग्दछ चराको चिरबिर भदौमा त्यो सुनिन्न
बिहानमा जंगल थर्किने गरि घंटी बजेझैँ बज्दछ
खोलाको किनारमा हर्न झै बज्छ डर खुब लाग्दछ ।

यति धेरै गाडीको झैँ गरि यहाँ आवाज आउँदछ
मानौँ अरु मानिस छैन भने भूतनै हो लाग्दछ
बर्खामा सुन्दथ्यौ झ्याउँ झ्याउँ गर्ने झ्याउँकिरीको श्वर
तर बिलकुल यो फरक आवाज मानौँ थियो कर्कष ।

घुम्न आएका जनको सातोपुत्लो एति उड्यो बेस्सरी
मानौँ एकछिन उपस्थित सवको हंशनै गयो उडी
हो त्यो एउटा दुर्लभ अलौकिक किरा बासेको अरे
आजको यो बिहानीले सिकायो लौ यो ठाउँ विचित्र रे!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल