नेपाली बेदना साटासाट हुनुपर्छ
हाम्रो नेपाली तीजमा
दुनियाँकाे मन छुनुपर्छ
नेपालीको संस्कार संस्कृति
तब पाे सार्थक हुन्छ नारी हाे
तिमीले तीज मनाएको
जहाँ
तिम्रो इज्जत बढ्नेछ
मान सम्मान बढ्नेछ
तिम्रो समाजले तिमीलाई हेर्ने दृष्टिकोणमा
फेरबदल हुनेछ।
अनि
तिमीले देखाएको त्याे ज्ञान मुलक
जनचेतना दिपमय हुनेछ
केही क्षणिक पलमा
तिमीले दुनियाँलाई आफ्नाे बनाउने छाै
चाहे जहाँ तिमी याे दुनियाँमा नहुँदा नि
हरेक वर्षकाे यहि दिनमा तिम्रो नाम
अग्रपंक्तिमा हुनेछ।
तिम्रो नामबाटै यहि दिनकाे सुरुवाती हुनेछ नारी
अब तिमीले उठ्नु पर्छ
केही फरक गर्न जुटनुपर्छ
विकृतिकाे होइन
संस्कृतिको रक्षा गर्नुपर्छ
आजलाई होइन।
विदेशी भेष,भुषा होइन
स्वदेश जगाउन सिक्नुर्छ।
तीजमा दर विभिन्न ब्रान्डका
रक्सि खाएर होइन
स्वदेशी माटाेमा उत्पादित
विभिन्न प्रकारका खानारुकाे
प्रयाेग गरेर खानुपर्छ।
भाेलिलाई साेच्नुपर्छ
आफू खुसि होइन
आउने सन्ततिलाई खुसियालीमा राख्ने
आधार शिला हुनुपर्छ
तब मात्र हुनेछ
तिमीले तीज बनाएकाे सार्थकता
अनि
नेपालीको संस्कृति
नेपाली रंगिन चाड,
तीजले न्याय पाउने छ
न्यायाधीश तिमी नै हुनेछौं नारी …
हाे तिमी नै
तिमी न्यायाधीश