कवि महेश दोस्ताजको नयाँ गीत “यो पागल दुनियाँ” आउँदो भाद्र १२ गते सार्वजनिक हुने भएको छ। नेपाल आइडल सिजन २ का चर्चित गायक रवि शर्माको स्वरमा सजिएको यस गीतलाई प्रसाई फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने भएको हो।
यसअघि नै गीतको टिजर सार्वजनिक भइसकेको छ, जसले श्रोतामाझ विशेष उत्सुकता पैदा गरिसकेको छ। प्रेम, विछोड र जीवनका उतारचढावलाई केन्द्रमा राखेर तयार पारिएको गीतलाई पुश्कर खत्रीले संगीत संयोजन गरेका छन्।
गीतको अडियो पक्षमा विशेष टोली संलग्न रहेको छ। स्वर रवि शर्माले दिएका छन् भने शब्द कवि महेश दोस्ताजले लेखेका हुन्। संगीत रवि शर्मा र दोस्ताज दुवैले तयार पारेका छन्।
गीतलाई पुश्कर खत्रीले संगीत संयोजन गरेका हुन्। रियाज प्रोडक्सन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई साजन शाहले मिक्स र मास्टर गरेका छन्।
भिडियोमा कलाकार ईश्वरी बराल र सञ्जय ढुंगानाको अभिनय रहेको छ। भिडियोलाई निर्देशक विकाश प्रसाईले निर्देशन गरेका हुन्। सिनेमाटोग्राफी सुमन गहत्राजले गरेका छन् भने सम्पादन तथा कथा–संरचना स्वयं विकाश प्रसाईकै रहेको छ। भिडियोमा रंग संयोजन कल्पेश विश्वकर्माले गरेका छन्।
गीतमा कृष्ण घिमिरे, कुशल घिमिरे, यज्ञनिधि शर्मा, सुलभ शर्मा र सुनिल शर्माले पनि अभिनय गरेका छन्। डबिङ कार्य ए प्लस स्टुडियोले सम्पन्न गरेको छ।
गीतको निर्माण पक्षमा समेत ठूलो टोलीको संलग्नता रहेको छ। सह-निर्माताको भूमिकामा प्रविन आचार्य रहेका छन् भने निर्माता वर्षा सिंह ठकुरी, गोविन्द खड्का र बाबु कृष्ण प्रसाई हुन्।
प्रेमिल भावनाले ओतप्रोत यो गीतले संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ। सार्वजनिक हुनुअघि नै चर्चा कमाइसकेको “यो पागल दुनियाँ”लाई श्रोताले भाद्र १२ गतेदेखि प्रसाई फिल्म्स प्रा.लि. को आधिकारिक युट्युब च्यानलमा हेर्न र सुन्न सक्नेछन्।