मंगलवार, १३ माघ, २०८२

जुम्लामा बढ्दो रास्वपा : विभिन्न पार्टीका ३४ जनाले गरे प्रवेश

जुम्लाको पातारासी गाउँपालिका वडा नं ६ र ७ का ३४ जना युवाले विभिन्न राजनीतिक पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। उनीहरूले अबको नयाँ राजनीतिक विकल्प रास्वपा भएको बताउँदै पार्टी प्रवेश गरेका हुन।

रास्वपामा नवप्रवेशी युवाहरूले जुम्लाबाट निर्वाचित सांसद बिनिता कठायतको हातबाट टीका र निलो खादा ग्रहण गर्दै पार्टी प्रवेश गरे। संगठन विस्तारको क्रममा युवाहरूले जोसका साथ पार्टीमा सहभागिता जनाउनु सुखद संकेत भएको सांसद कठायतको धारणा छ।

उनले पातारासी वर्षौँदेखि हेपाहा प्रवृत्तिको सिकार बनेको उल्लेख गर्दै २०८४ को स्थानीय तह निर्वाचनमा पालिकाको नेतृत्व रास्वपाले सम्हाले गरि लाग्नुपर्ने औँल्याइन्।

मजदुर किसान पार्टी परित्याग गरी रास्वपामा समाहित भएका बिर्ख बहादुर बुढाले अन्य राजनीतिक दलहरूले कुनै परिवर्तन गर्न नसकेको हुँदा रास्वपाबाट मात्र पातारासी र युवाको भविष्य उज्यालो हुने विश्वास व्यक्त गरे।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) परित्याग गरी रास्वपामा प्रवेश गरेका प्रदीप बिष्टले अहिलेसम्म कुनै पनि पार्टीले पातारासीका युवाको क्षमता र सम्भावनालाई महत्व नदिएको भन्दै अब भने रास्वपाभित्र एकता कायम राखेर पातारासीको समृद्धिका लागि संघर्ष गर्ने बताए।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका जुम्ला जिल्ला संयोजक मक्कर भण्डारीले युवा एकताले आगामी २०८४ मा पातारासीको नेतृत्व रास्वपाले हात पारेर समृद्धिका निम्ति दीर्घकालीन योजना निर्माण गर्ने स्पष्ट पारे।

पार्टी परित्याग गरी रास्वपामा प्रवेश गर्ने ३४ जनामध्ये १२ जना माओवादी केन्द्रबाट, १५ जना नेपाली काँग्रेसबाट, ३ जना नेकपा (एमाले) बाट, २ जना नेपाल मजदुर किसान पार्टीबाट र अन्य दुई जना स्वतन्त्र समूहका हुन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार