बिहीबार, ७ फाल्गुन, २०८२

अब जुम्लामै जापानी भाषा पढ्ने व्यवस्था

अब जुम्लाकै जापानी भाषा सिकेर जापान अध्ययन गर्न जान सकिने भएको छ।

सुरक्षित जीवन अध्ययन शिक्षा केन्द्र प्रा.लि. ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लाइनमा शाखा स्थापना गरी जापानी भाषा कक्षा सञ्चालनको तयारी गरेको छ।

सुरक्षित जीवन अध्ययन शिक्षा केन्द्र प्रालिको मुख्य कार्यालय काठमाडौं मित्रीपार्क–७ मा रहे पनि, कर्णाली क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै जुम्लामा शाखा विस्तार गरिएको हो।

इच्छुक विद्यार्थीहरू शाखा कार्यालयमा गएर भाषा कक्षा, भिसा प्रक्रिया र जापान अध्ययनसम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्ने संस्थाका प्रतिनिधि उपेन्द्र बुढथापाले जानकारी दिए।

“उत्कृष्टता प्राप्त गर्नको लागि प्रयासरत” भन्ने नाराका साथ सुरक्षित जीवन अध्ययन शिक्षा केन्द्र प्रालिले स्थानीय स्तरमै अन्तर्राष्ट्रिय शिक्षा तयारीको सुविधा दिन थालेको छ।

“योग्य प्रशिक्षकमार्फत भाषा कक्षा सञ्चालन हुनेछ र जापान जान चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिसहित विभिन्न शैक्षिक संस्थामा भर्ना गराइनेछ,” बुढथापाले भने।

सुरक्षित जीवन अध्ययन शिक्षा केन्द्र प्रालिले चाँडै ‘जापान अध्ययन र अवसर’ विषयक अभिमुखीकरण कार्यक्रम गर्ने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार