आईतवार, १२ आश्विन, २०८२

जुम्लामा भित्रियो फोटनको विद्युतीय सवारी

यसमा १३० किलोवाटको अधिकतम पावर, ३३० एनएमको टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी क्षमता रहेको छ। यस्तो विशेषता भएको सवारी पहिलो पटक नेपाली बजारमा उपलब्ध भएको छ।

बिहीबार एक विशेष कार्यक्रमका बीच जुम्लामा फोटन ब्रान्डको विद्युतीय सवारीसाधन ‘माउन्टेन ईभी’ सुचारु गरिएको जानकारी दिइएको छ। नेपालको जटिल भौगोलिक बनावटलाई लक्षित गरी विशेष डिजाइनमा निर्माण गरिएको यो सवारी अब कर्णालीको दुर्गम भेगमा पनि सञ्चालनमा आउने भएको हो।

कम्पनीका कर्णाली प्रदेश डिलर प्रतिनिधि जीवन शर्माका अनुसार, जुम्ला लगायत कर्णालीका दुर्गम भेगहरूमा पनि वातावरणमैत्री र आधुनिक प्रविधियुक्त यातायात विस्तार गर्ने उद्देश्यले माउन्टेन ईभी भित्र्याइएको हो।

उनले भने, “कर्णाली जस्तो पहाडी क्षेत्रमा सुलभ, दिगो र किफायती यातायातको माग उच्च छ। माउन्टेन ईभी त्यही आवश्यकता पूरा गर्न ल्याइएको हो।”

फोटनले नेपालका लागि विशेष तयार पारेको माउन्टेन ईभीमा ५३.५८ किलोवाटको लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।

यसमा १३० किलोवाटको अधिकतम पावर, ३३० एनएमको टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी क्षमता रहेको छ। यस्तो विशेषता भएको सवारी पहिलो पटक नेपाली बजारमा उपलब्ध भएको छ।

कम्पनीका रिजनल म्यानेजर विक्रम बोहराले बताएअनुसार माउन्टेन ईभी नेपालजस्तै पहाडी देशको सडक अवस्थालाई ध्यानमा राखी तयार गरिएको उत्कृष्ट श्रेणीको सवारीसाधन हो।

उनले भने, “फोटन ब्रान्डले चीनमा लगातार १९ वर्षसम्म शीर्ष स्थान कायम राख्नुका साथै भारतमा सबैभन्दा बढी विद्युतीय बस बिक्री गर्ने कीर्तिमान बनाइसकेको छ। दक्षिण अमेरिका लगायत १०० भन्दा बढी देशमा एक लाखभन्दा बढी व्यवसायिक सवारी निर्यात गरिसकेको फोटनको यो इभी अब नेपालमा पनि लोकप्रिय बन्दैछ।”

बजारमा फोटन ईभीका विभिन्न मोडलहरूमा उपलब्ध छन्। जसमा १४ देखि १६ सिट क्षमताका सवारीहरू छन्। यसको उच्च छानोसहितको आरामदायी इन्टेरियर, प्रशस्त स्पेस र स्थायित्व यसलाई अझ उपयुक्त बनाएको कम्पनीको दाबी छ।

जुम्ला प्रतिनिधि रामराजा महतका अनुसार, कर्णालीमा विद्युतीय सवारी साधनप्रति बढ्दो चासो देखिएको छ।

उनले भने, “कर्णालीमा डिजेल–पेट्रोलमा निर्भरता घटाएर वैकल्पिक ऊर्जामा आधारित सवारीको प्रयोग समयको आवश्यकता बनेको छ। यस्तो अवस्थामा माउन्टेन ईभीले विकल्प मात्रै होइन, क्रान्तिको सुरुवात गरिदिएको छ।”

कम्पनीले हालसम्म नेपालभर ६० स्थानमा चार्जिङ् स्टेशन निर्माण गरिसकेको जानकारी पनि दिइएको छ। जुम्लामा पनि चार्जिङ सुविधा विस्तार गरिने प्रतिबद्धता रहेको बताइएको छ।

विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, उद्योगी, यातायात क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले माउन्टेन ईभीको परीक्षण सवारी अनुभव गर्दै जुम्ला जस्तो कठिन भौगोलिक क्षेत्रका लागि यो सवारी उपयुक्त रहेको प्रतिक्रिया दिएका थिए।

माउन्टेन ईभी भित्र्याइँसँगै अब कर्णालीका पहाडी र विकट क्षेत्रहरूमा पनि आधुनिक र वातावरणमैत्री सवारी सञ्चालनको नयाँ युग सुरु भएको सहभागीहरूको धारणा थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार