केही सुखमा खिचेका थिए
केही दुःखमा खिचेका थिए
केही रमाइलो म खिचेका थिए
केही उदासी म खिचेका थिए
केही सजाय का राम्रा थिए
केही बिग्रिएका नराम्रा थिए
थिए त केवल तस्बीरहरु मात्र
सबैले त्यहीँ तस्बिरकै बारेमा बताए
कसैले राम्रो बताए
कसैले नराम्रो बताए
कसैले सुन्दर देखे त
कसैले उजाड देखे
धेरै छन् म सँग लुकाएर राखेका
के हेर्न सक्छौं।
त्यो तस्बीर अघिको भोगाई
बुझन सक्छौं
म आफै धेरै पटक रोएको छु
मेरा विगतका तस्बिर हेरेर
तिमीलाई के लाग्छ होला,
त्यो तस्बीर हेरेर
कुनै दिन म धेरै हाँसेको पनि छु
तेहि पुरानो तस्बिर हेरेर
यहाँ चर्चा म आएका भन्दा बढी
त लुकाएर राखेका धेरै छन्
जुन तस्बिरले दुनियाँलाई चकित
बनाउँछ होला
मलाई देख्नेहरु पनि सोध्छन् होला
के यो तिमी नै हौ भनेर।
के जवाफ दिऊँ
के नाम दिउ म।