मंगलवार, ३ असार, २०८२

नेकपा माओवादी केन्द्र जुम्लाको महासंकल्प कार्यक्रम

जनतासँग माओवादी अभियान, सांगठनिक सुदृढीकरण तथा सुशासन सरोकार (सांसु) कार्ययोजना अन्तर्गत नेकपा माओवादी केन्द्र जुम्लाले आज भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ।

गुठिचौर गाउँपालिकाको आन्तरिक पर्यटकीय स्थल केशरखेती, धिताचौरमा आज नेकपा माओवादी केन्द्र जुम्लाले पार्टीको सुदृढीकरण गर्ने संकल्प, जनताको बीचमा कसरी समायोजन हुन सकिन्छ र पार्टीले जिल्लाको हितका लागि कस्ता–कस्ता सकारात्मक कार्य गर्नुपर्छ भन्ने विविध विषयमा बृहत् अठोटका साथ संकल्प गरेको हो।

कार्यक्रममा पार्टीका निर्वाचित जनप्रतिनिधि, भर्खरै जिल्लाका आठवटै स्थानीय तहमा भएको पार्टीको अधिवेशनबाट नेतृत्व प्राप्त गरेका नेता तथा पार्टीको जनवर्गीय संगठनमा रहेका प्रतिनिधिहरू र पार्टीभित्र विभिन्न संगठनका प्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ।

साथै, कार्यक्रममा सहभोजको आयोजना गरिएको थियो। सहभोज कार्यक्रमले अन्य पार्टीलाई कडा झट्का दिएको र यस्तो गर्न सक्ने साहस अन्य पार्टीमा नभएको माओवादी केन्द्रले जनाएको छ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारी, सहइन्चार्ज गोमा कुँवर, जिल्ला संयोजक नवराज न्यौपाने, पार्टीका वैकल्पिक सदस्यहरू लगायत पार्टीमा आवद्ध अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

संकल्प कार्यक्रममा बोल्दै जिल्ला संयोजक नरेश भण्डारीले भने, “हामीले पालिकाहरूमा अधिवेशन भव्य रूपमा सम्पन्न गर्नु नै हाम्रो जित हो। यो वैचारिक युद्ध हो, सांगठनिक युद्ध हो। हामीले हाम्रो अभियान भव्य रूपमा सम्पन्न गरेका छौं। हाम्रो महासंकल्प भनेको जुम्लाको विकास र समृद्धिको संकल्प हो। यो संकल्पले पार्टीलाई सुदृढ बनाउन र एकताबद्ध गर्न पनि हो।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार