म तिम्रो रगतमा
तिम्रो रगत मेरो नसानसामा
हर पल पलमा बगिरहेको छ।
तिमी कति महान छाै आमा
तिम्रो एक मुस्कान
मेरा खुसियालीकाे बहार बनिदिन्छ
मेरा सारा कदमहरू तिम्रो
आसपास घुमिरहेका हुन्छन्
सपनाहरू काे घेराउमा आमा
तिम्रो त्यो ओठकाे मुस्कान
मेरो सफलताको कुञ्जिमा
तिम्रो पुरानाे र मैलो
उर्दीएकाे गुनियाे र चाेलिमा पाउँछु
तिम्रो त्यो सर्लक्क जवानी कुप्रियर आज
बासझैँ लुत्रुकै निउरीनुकाे कारण
खास मै हाे आमा
मेरा अनब्रत सपनाहरु हुन आमा
मेरो जन्म हुन नै तिम्रो खुसियालीहरु लुटिनु हाे आमा
आमा म तिम्रो बारेमा कसरी
यी साना साना शब्दहरुमा बयान गर्न सक्छु र
तिम्रो जवानीकाे, तिम्रो ममताकाे
तिम्रो याैवन लुटिएको आमा
खास मेरै जन्मकाे कारण
पाउँछु म सदा मेरा सपनाहरु
बगिरहेका कि मेरै सफलताको बाटाे
कुर्दै बसिरहेका
तिम्रो ममता
तिम्रो एक वाँणी बाेलीमा
तिम्रो हेराईमा आमा
तिम्रा दु:ख कष्टकर जिन्दगीको यात्रामा
मलाई जन्माएको त्यो पलकाे पीडा
मलाई हुर्काउदाकाे छिमेकीको गालिबेजतिकाे
असिमित तितामिठा बाेली बचनका तिरहरु
सायद,
त्यसैले त तिमीलाई भनिएको हुनुपर्छ
“आमा धर्ति हुन
आमा देवी हुन
आमा पृथ्वी हुन
आमा विश्वविद्यालय
हुन भनेर …
आमा…… आमा ……