बुधबार, ४ असार, २०८२

कविता : यो नयाँ वर्षले

यो जीवनको दौरानमा
हरेक कुरा परिवर्तन भइरहन्छन्
यो संसार वास्तवमा चलायमान छ
यो संसारको रित अनुरुप हामी
पनि चलायमान छौं
रत फेरिरन्छन् साल
फेरिरहन्छन् मान्छेका हालहरू पनि

अब फेरि नव वर्षको आगमन हुन लाग्यो
नव वर्षको आगमनसँगै
सबैको मन मनमा भित्रियोस् खुसी
प्रगतिका पाइलाहरू लम्कियोस् अझै अघि
ती पाइलहरू ठेस विहीन भएर हिडिरहरून
कुनै पीडा विहीन भएर
कुनै चोट विहीन भएर

यो नयाँ वर्षले,
यस्तो खुसीको बहाव ल्याएर आओस्
जसले हाम्रो हरेक कठिनलाई
सहजै सहन र स्वीकार गर्न सकोस्
पीडाको दौरानमा पनि मुस्कुराएर हिडाउन सकोस्
दुखलाई भुलाएर खुसीको साथ बाच्न सकोस्
हाम्रो जिन्दगी

यो नयाँ वर्षले,
दुख आएको गएको पत्तो नपाओस्
हाँसो खुसी प्रगति उन्नतिको भेल आओस्
सबैको जीवनमा
प्रगतिका प्रगतिशील पाइलाहरू
एक कदम पनि नरोकियोस्
गतिशील भएर हिडिरहरून लम्किरहून

यो नयाँ वर्षले,
कठिन बाध्यतासँग लड्न सिकाओस्
शत्रुसँग पनि नम्रतापूर्वक मुस्कुराउन सिकाओस्
शत्रुता घटेर जाओस्
मित्रता बढेर जाओस्
मनको कालो रङ्ग हटोस्
मनमा चम्किलो घाम लागोस्
सबैका रिस क्रोधहरू विहीन भएर जाऊन्

यो नयाँ वर्ष,
नयाँ वर्ष जस्तै बनोस्
नयाँपन आओस् सबैको जीवनमा
सुधारपन आओस् सबैको जीवनमा

नयाँ वर्षलाई नयाँ वर्ष जस्तै बनाउन
तपाईं हामी नयाँ बनौं
सकारात्मक बनौं
दोषी विहीन निर्दोशी बनौं

सबै सबैमा यो नयाँ वर्षले
उमंगका अनेक रङ्ग भित्र्याओस्
सबै सबैमा हार्दिकताको जन्म होस्
सबै सबैका पीडाहरु हटेर जाऊन्
साल फेरिए जस्तै सबै सबैको जीवन फेरियोस्
यो नयाँ वर्षको सबै सबै हार्दिक मंगलमय शुभकामना

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार