रुकुम पश्चिमका युवा गणेश डाँगीको परिकल्पना बनेको कानूनी तथा सामाजिक विकास केन्द्र संस्थाले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ।
कानूनी तथा सामाजिक विकास केन्द्र (LSDC) को नयाँ स्थापित कार्यालयको उद्घाटन भएको छ। हिजो प्रदेश राजधानी सुर्खेतमा औपचारिक रूपमा कार्यक्रम गरेर भव्यताको साथ उद्घाटन भएको हो।
विभिन्न संस्थाका कामकाजहरूलाई थप व्यवस्थित गर्न, संस्थागत विकासका लागि संस्थाले कार्यालयको व्यवस्थापन गरी वीरेन्द्रनगर नगरपालिका वडा नं ३ स्थित गण्डकीलाइनमा आफ्नो कार्यालय व्यवस्थापन गरी हिजोबाट विधिवत् रूपमा सुरू गरेको छ।
उक्त कार्यालय उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा, प्रदेश मामिला समिति सभापति मा. कल्याणी खड्का, कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, कर्णाली प्रदेश सभाका कानुन उपसचिव अर्जुन भुसाल, सामाजिक विकास मन्त्रालयका उपसचिव जहवारलाल हमाल, मध्यपश्चिम विश्वविद्यालय कानुन संकायका कार्यक्रम निर्देशक विनय कुमार झाँ लगायत विभिन्न निकाय र संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, अधिवक्ता, प्राध्यापक, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।
रुकुम पश्चिमका युवा गणेश डाँगीको परिकल्पना बनेको कानूनी तथा सामाजिक विकास केन्द्र संस्थाले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ। वीरेन्द्रनगरमा अवस्थित विद्यालयहरूमा कानूनी परामर्श जस्ता थुप्रै न्यायिक कार्य गरिसकेको छ।
‘कानूनी अध्ययन अनुसन्धान, कानूनी र सामाजिक सचेतना, निःशुल्क कानूनी परामर्श र पैरवी समेत गर्दै आइरहेको संस्थाले नव स्थापित कार्यालय उद्घाटन अत्यन्तै उत्साहपूर्वक रहेको र आगामी दिनमा थप प्रभावकारी र व्यवस्थित तरिकाले काम गर्ने संस्थाका अध्यक्ष गणेश डाँगीले बताएका छन्।