मंगलवार, ३ असार, २०८२

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन: नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूले मेगराज देवकोटालाई अध्यक्षमा उठायो

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले जुम्ला बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्ग्याएको छ।

वर्तमान स्ववियु कोषाध्यक्ष मेघराज देवकोटाले दिएको जानकारीअनुसार अध्यक्ष पदमा मेगराज देवकोटालाई उम्मेदवार बनाइएको छ भने सचिव पदमा अर्जुन कामीलाई प्रस्तुत गरिएको छ।

मेघराज देवकोटा यसअघिको स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा विजयी भएका थिए। उनले आफ्नो अनुभव र विद्यार्थीहरूको समर्थनका आधारमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए।

अनेरास्ववियूले क्याम्पसमा शैक्षिक सुधार र विद्यार्थी हकहितका मुद्दालाई प्राथमिकतामा राखेर निर्वाचनमा होमिएको उनको भनाइ छ।

चैत ५ गते हुने निर्वाचनका लागि अनेरास्ववियूले आफ्नो संगठनलाई सशक्त बनाउँदै उम्मेदवारहरूको पक्षमा माहोल बनाउन थालेको छ। मेगराज देवकोटाको नेतृत्वमा संगठनले क्याम्पसका समसामयिक समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार