बिहीबार, ५ चैत्र, २०८२

माइतीघरमा धर्नामा बसेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

दलित अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका सुनारले माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए।

माइतीघर मण्डलमा एक सातादेखि धर्नामा बसेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फलामको साङ्लो बाँधेर दलितमाथि हिंसा गर्ने अपराधी गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका उनलाई सोमबार बानेश्वरबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुनारलाई नियन्त्रणमा लिनुपरेको हो। उनी हाल प्रहरी वृत्त बानेश्वरमा छन्।

दलित अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका सुनारले माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए।

उनीसहितका अभियन्ताहरूले दलित समुदायमाथि भइरहेका विभेद र हिंसाका घटनामा राज्य गम्भीर नदेखिएको भन्दै निरन्तर दबाब दिँदै आएका छन्।

यसैबीच, दलित अभियन्ता सोबेन्द्र परियारले सुनारको गिरफ्तारीलाई लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको भन्दै विरोध जनाएका छन्।

“यो पक्राउ दलित आन्दोलनलाई दबाउने प्रयास हो। खगेन्द्रजीलाई तत्काल रिहा गर्नुपर्छ,” उनले भने।

प्रहरी प्रशासनले भने निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाको दृष्टिकोणले सुनारलाई नियन्त्रणमा लिनुपरेको जनाएको छ।

प्रहरीले उनलाई केही समयपछि रिहा गर्ने वा कानुनी प्रक्रिया अघि बढाउने भन्ने विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार