तालिमका क्रममा स्थानीय कृषकहरूले हिउँदे फलफूलको व्यवस्थापन, रोग तथा कीरा नियन्त्रणका उपाय, माटोको उर्वरता जोगाउने तरिका, मलजल व्यवस्थापन तथा बगैँचा सुधारका प्रविधिहरूबारे व्यावहारिक ज्ञान लिएका थिए।
हिमा गाउँपालिकामा कृषकहरूको सीप अभिवृद्धि तथा फलफूल बगैँचाको उचित व्यवस्थापनका लागि एकदिने स्थलगत घुम्ति तालिम सम्पन्न भएको छ।
हिमा गाउँपालिका-५, भुगोलपाटामा सम्पन्न उक्त तालिम कृषि विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो।
तालिमका क्रममा स्थानीय कृषकहरूले हिउँदे फलफूलको व्यवस्थापन, रोग तथा कीरा नियन्त्रणका उपाय, माटोको उर्वरता जोगाउने तरिका, मलजल व्यवस्थापन तथा बगैँचा सुधारका प्रविधिहरूबारे व्यावहारिक ज्ञान लिएका थिए।
तालिमका लागि खटिएका कृषि प्राविधिक पदम रोकायाले कृषकहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको अनुभव, समस्या तथा समाधानका उपायहरूमाथि गहन अध्ययन गराएका थिए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारीका अनुसार तालिममा हिमा गाउँपालिका भित्रका २२ जना कृषकहरूको उपस्थिति रहेको थियो।
उनले कृषकहरूलाई फलफूल खेतीलाई थप वैज्ञानिक, व्यावसायिक तथा दिगो बनाउन सुझाव दिए। उनले कृषकहरूको उत्साहजनक सहभागिता देखेर यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
तालिमको समापन सत्रमा प्रमुख अधिकारीले कृषकहरूलाई आवश्यक कृषि सामग्री वितरण गर्दै उनीहरूको श्रम र लगानीलाई अझ प्रभावकारी बनाउन सघाउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय कृषकहरूले तालिमबाट नयाँ ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता व्यावहारिक तालिमको निरन्तरता आवश्यक रहेको बताए।