बुधबार, ४ असार, २०८२

छुईप्रथा विरोधी सन्देशमूलक गीत ‘कुसंस्कार’ सार्वजनिक

गीतकार परिलाल विश्वकर्माको शब्द सिर्जनामा तयार पारिएको यो गीतले समाजमा विद्यमान अन्धविश्वास र कुप्रथाविरुद्ध चेतनाको सन्देश फैलाउने प्रयास गरेको छ।

कर्णाली र सुदूरपश्चिममा जरो गाडेर बसेको छुई प्रथाका कारण हुने विभेदलाई उजागर गर्दै ‘कुसंस्कार’ नामको गीत सार्वजनिक भएको छ।

गीतकार परिलाल विश्वकर्माको शब्द सिर्जनामा तयार पारिएको यो गीतले समाजमा विद्यमान अन्धविश्वास र कुप्रथाविरुद्ध चेतनाको सन्देश फैलाउने प्रयास गरेको छ।

गीतमा चर्चित लोक गायक टेक बोगटी र दीपक संगम बिसी तथा देउडा गायिका गौरी भट्ट र संगीता बडुवालको स्वर रहेको छ। उनीहरूको दमदार गायनले गीतलाई थप मार्मिक बनाएको छ।

‘कुसंस्कार’ को भिडियोमा रतन शाही र प्रीति परियारले जीवन्त अभिनय प्रस्तुत गरेका छन्, जसले गीतको सन्देशलाई प्रभावकारी ढंगले दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

हिमा गाउँपालिका सुस्वा वास इकाइ कार्यालय, जुम्लाको सहकार्यमा सार्वजनिक गरिएको यो गीतले विशेषगरी कर्णाली र सुदूरपश्चिम क्षेत्रमा व्याप्त छुई प्रथाको भयावहता चित्रण गर्छ।

महिनावारीका समयमा महिलालाई घरबाहिर बस्न बाध्य पार्ने यो कुप्रथाका कारण धेरै महिलाले ज्यान समेत गुमाइरहेका छन्। गीतमार्फत यस्तो विभेदलाई अन्त्य गर्नुपर्ने आवाज बुलन्द गरिएको छ।

‘कुसंस्कार’ गीत सार्वजनिक भएसँगै यसले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सन्देशमूलक गीतमार्फत कुप्रथाविरुद्ध जनचेतना जगाउने प्रयासलाई दर्शक-श्रोताले कस्तो साथ दिन्छन् भन्ने कुराले यसको प्रभावलाई मापन गर्ने गायक परिलाल विश्वकर्माले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार