मंगलवार, ३ असार, २०८२

कविता : याद

जब तिमी गयाै
सुनसान भयाे मन
यादका  डाेबहरु जताततै छन्।

आकाशमा बादलझैं टाँसिएका हावाले 
कहिले तिम्राे खबर ल्याएजस्तो लाग्छ
झ्यालबाहिरको डालीमा बसेका चरा
तिम्रै कुरा सुनाउन आएको झैं लाग्छ।

तिम्रै अनुहारको बिम्ब बनाएर 
चन्द्रमा रातभरी हेर्छे मलाई 
तिमी बिना म घामको प्रकाश खोज्दै 
हिँड्ने छायाँ जस्तै भएको छु।

जहाँ सबैकुरा तिमीमै टुङ्गिन्छ
तिमी फर्कन्छौ ?
कि यादहरू मात्र फर्कन्छन्?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार