बुधबार, ४ असार, २०८२

प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला सम्मेलन सम्पन्न, मान बहादुर कुँवर अध्यक्ष निर्वाचित

उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रले मान बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ।

प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला सम्मेलन पत्रकार महासंघको हलमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि भक्त बहादुर बुढाले प्रेस सेन्टर नेपालको नेतृत्वलाई सशक्त बनाउन जारी अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण चौलागाईंले महासंघलाई व्यक्तिवादको चंगुलबाट मुक्त गराएर साझा संस्था बनाउन प्रेस सेन्टरको भूमिकाको प्रशंसा गरे। उनले आगामी नेतृत्व झन् सशक्त हुने विश्वास व्यक्त गरे।

नेकपा माओवादी केन्द्र तातोपानी गाउँपालिकाका अध्यक्ष विखाल खड्काले व्यक्ति केन्द्रित गलत पत्रकारितालाई निरुत्साहित गर्दै स्वच्छ र सुदृढ नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघका पहिलो निर्वाचित अध्यक्ष भिम कसिंगरले महासंघलाई साझा संस्था बनाउने अभियानमा प्रेस सेन्टरका अध्यक्ष विजय रावतको उल्लेखनीय योगदान रहेको बताए।

नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एलपी देवकोटाले जिल्लाको पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन प्रेस सेन्टरको भूमिका महत्त्वपूर्ण रहेको भन्दै नयाँ नेतृत्वले थप सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रेस चौतारी नेपालका सागर परियारले पत्रकारितामा परिवारवाद र व्यक्तिवादको अन्त्य गर्दै स्वच्छ पत्रकारिता प्रवर्द्धन गर्न सक्ने नेतृत्वको आवश्यकता औंल्याए।

उद्घाटन सत्रलाई समापन गर्दै प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष विजय रावतले असल पत्रकारितालाई एकीकृत र व्यवस्थित बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रले मान बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा शुभाकर विश्वकर्मा, महिला उपाध्यक्षमा विष्णुदेवी भण्डारी, कोषाध्यक्षमा अर्जुन महतारा, सचिवमा डिल्ली कामी, सह सचिव (खुला)मा विक्रम तिरुवा र समावेशी सह सचिव विवेन्द्र नेपाली निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा प्रकाश कामी, युनेश परियार, रमेश कुँवर, पदम शाही, रमिला सुनार, हिरा बहादुर बुढा, गुड्डु न्यौपाने र बरम राज कामी निर्वाचित भएका छन्।

सम्मेलनको समापन सत्रमा निवर्तमान अध्यक्ष विजय रावतले नवगठित समितिलाई शुभकामना दिँदै सशक्त नेतृत्वले जिल्लाको पत्रकारिता क्षेत्रलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

नव निर्वाचित अध्यक्ष कुँवरले जिल्लाको प्रेस जगतलाई उचाइमा लिन जुनसुकै मूूल्य चुुकाउा तयार दिएको प्रतिक्रिया दिए। उनले भने, ‘”हामी आवेगमा विवेक कुमाउने छैनौं। सचेतता पूर्वक काम गर्नेछौं।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार