विचारहरुको बहस राष्ट्रिय, अन्तरास्ट्रिय घटनाहरुको बहस भने हराउँदै गएको छ। यसर्थ माथिको राेग तल सर्दै जाने र तलकाले त्यहि देखासिकि गर्नु स्वभाविक हाे “बीउ राम्रो भए फल राम्रो हुन्छ।”
हाम्रो पार्टी नेकपा (एमाले)ले संगठनात्मक सुधारको लागि संगठन विभागले दुईदिने राष्ट्रिय कार्यशाला गाेष्टी संचालन गर्यो। उक्त दुई दिने कार्यशाला गाेष्ठीबाट छ बुदे निर्णय गरि सर्कुलर समेत जारी गर्दै निर्देशन समेत गरेकाे छ। आगामी माघ देखि चैत्र मसान्तसम्म सम्पूर्ण जनशक्तिलाई वडा स्तरसम्म जाेड्ने याेजना बनाएको छ। जसबाट पार्टीको आन्तरिक अवस्था, सगठनात्मक अवस्था, जनतासँग जनप्रतिनिधिकाे सम्बन्ध, जनप्रतिनिधिकाे भुमिका लगायत आन्तरिक पार्टी जीवनमा महत्त्वपूर्ण भुमिका खेल्ने पार्टी सदस्यहरु हुन। वर्तमान समयमा पार्टी सदस्यहरुले सदस्यता नवीकरणमा देखाएको उदासिनता तथा पार्टी सदस्यता नवीकरण किन भएन?
यी यस्ता कुराको के छ अवस्था? यसकाे प्रत्यक्ष जानकारी हासिल गर्ने उदेश्यले याे अभियान संचालन गरिँदैछ। यी सबै कार्य किन त? यसको एउटै मक्सद हो पार्टीलाई आन्तरिक जीवनमा व्यवस्थित गर्नु र पार्टीले लिएको लक्ष्य मिसन ०८४ पूरा गर्नु। ०८४ मा एमाले एक्लैले निर्वाचनबाट श्रेष्टता हासिल गरि बलियो राष्ट्रियवादी शक्ति निर्माण गर्न र एकल स्थिर सरकार निर्माण गरि तिनै तहमा हामीले बहुमत हासिल गरि “समृद्ध नेपाल सुख नेपाली”का स्वप्नद्रष्टा अध्यक्ष कमरेड केपी ओलीकाे सपना साकार गर्ने ध्येय र उदेश्य हाे।
यसका लागि नेकपा (एमाले)का नेता कार्यकर्ता शुभचिन्तकले के गर्दा पार्टी बलियो जनआधारित र सबल नेता कार्यकर्ता हुन सक्छन्? यसमा पनि पार्टी कमिटी र नेतृत्वले ध्यान दिनु पर्ने हुन्छ।
अहिले हाम्रो पार्टीमा मात्रै होइन सबै पार्टीमा एउटा बहस चलेकाे छ। नेता र पार्टीका कार्यकर्ताहरुकाे जीवनशैली आचरण, बानीव्यहाेरा, चालचलन सबै खराब भयाे। यसले जनतासम्म असर परेकाे छ। पार्टी नेता र कार्यकर्ताले जीवनशैलीलाई सुधार गरेर जानू पर्छ। सामान्यतया नेताहरुको जीवनशैली कार्यकर्तासम्म सर्दै आएको देखिन्छ। विचारहरुको बहस राष्ट्रिय, अन्तरास्ट्रिय घटनाहरुको बहस भने हराउँदै गएको छ। यसर्थ माथिको राेग तल सर्दै जाने र तलकाले त्यहि देखासिकि गर्नु स्वभाविक हाे “बीउ राम्रो भए फल राम्रो हुन्छ।” तर पनि राम्रो कुरा आनिबानी चाल चलनकाे पक्षमा लाग्ने र गलत कामकाे विरोध हुनु पर्ने हाे त्याे पछिल्लो पटक हराउँदै गएको छ।
कम्युनिस्ट पार्टीमा नेतृत्व क्षमता हुनु, राख्नु र क्षमतावान बनाउनुलाई महत्त्वपूर्ण मानिन्छ तर हाम्रो भने ठिक उल्टो चल्दै छ। पार्टीको स्कुल विभागले भने नेता उत्पादनमा, पार्टीमा विचारको बहसको थालनी गरेको छ। तर पनि एउटा प्रश्न जबर्जस्त तेर्सिन्छ कि कार्यकर्ता सधै कार्यकर्ता भै वस्ने कि नेता पनि बन्ने? यस्ता गलत कार्यलाई सुधार्ने कि मलजल गर्दै दुबोझेैं फैलिन दिने? वा त्यसलाई आफ्नो समर्थक, प्रशंसक भएका कारणले त्यसलाई काँखी च्याप्ने? त्यसैले यस किसिमको व्यवहार नेता, कार्यकर्ता तथा कमिटीबाट एकैसाथ सुधार गरेर पार्टीको मुख्य उदेश्य श्रर्वहारा, श्रमजीवी किसान मजदुर गरिबीमा पिल्सिएका जनताकाे मुक्तिका लागि स्थिर सरकार बलियो राष्ट्रिय शक्ति निर्माण गरेर राष्ट्रिय पुँजीकाे निर्माण गर्दै समाजवाद निर्माण गर्ने आधार तयार गरि सुखी नेपाली समृद्ध नेपालकाे अभिभारा पूरा गर्नु पर्ने छ।
त्यसका लागि हामी सबैले विगत हैन वर्तमानलाई ध्यान दिदै भविष्यका लागि सबै एकै ठाउँबाट जुरुक्क उठ्न आवश्यक छ। हाम्रो विगत के थियाे? हामीलाई चिन्ने आधार के थियाे? हाम्रो अनुशासन कस्तो थियाे? तर आज हामीलाई जनताले कसरी हेरी रहेका छन्? यसको समिक्षा राष्ट्रिय कार्यशाला गाेष्ठीले गरेकै हाेला। त्यसैले मिसन ०८४ लाई लक्ष्य राखेर नेता कार्यकर्ताले यस किसिमको कार्यशैली अपनाई अगाडि बढेमा राम्रो हुन्थ्यो कि! सायद कार्यशालाले यस्तै समिक्षा पनि गर्यो होला।
अहिले हाम्रो पार्टीमा, पार्टीका केही नेता र कार्यकर्ता समेत पार्टीको उदेश्य, लक्ष्य मार्क्सवाद, लेलिनवाद र जनताकाे बहुदलीय जनवाद भन्नेसम्म थाहा नभएका थुप्रै छन्। याे भनी रहँदा नेता र कार्यकर्तालाई अवमूल्यन गरेकाे ठानिएला तर यथार्थ यस्तै देखिन्छ। प्राविधिक ढङ्गले नेता र कमिटीको नेतृत्व गरिरहेका छन्। यसलाई पार्टी स्कुल विभागद्वारा सैद्धान्तिक रुपमा प्रष्ट पार्नु नितान्त आवश्यक छ। जसलाई वर्ग संघर्ष केहाे? श्रमजीवी जनता भनेका काे हुन? उनीहरूको नेतृत्व हामीले कसरी गर्नु पर्छ? यस्ता सैद्धान्तिक र वैचारिक रुपमा स्पष्ट पार्नु आवश्यक छ। अहिले वर्ग र वर्गीयता हराउँदै गएकाे छ।
आफूलाई लागेकाे चाहिएकाे आफ्नाे अनुकुलकाे निर्णय आफ्नाे मनलाग्दाे मानिसलाई सुहाउँदो, पार्टीको स्वार्थ भन्दा आफ्नो स्वार्थलाई हेर्ने सबै कुरा आफू केन्द्रित भएर काम गर्ने, वर्गीय हितलाई नहेर्ने, आफ्नाे र आफू अनुकुलका लागि जाे जससँग पनि सहकार्य गर्ने छाडा आचरण अनुशासन हिन हुने प्रवृत्ति बढ्दै गएकाे छ। यसलाई नियन्त्रण गर्दै संगठनकाे नीति नेतृत्व नियम र कमिटी प्रणालिका निर्णय र निर्देशनलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने बानीको पुर्न विकास गर्न जरुरी देखिएको छ।
अन्याय, अत्याचार, दमन, शाेषण, निरङ्कुश तथा एकदलीय तानाशाहका विरुद्ध सशक्त आवाज उठाउँदै जनताको मन जितेर जिनताको बीचबाट हुर्केर यहाँसम्म हाम्रो पार्टीको निर्माण भएकाे कुरा अहिले हराउँदै गएकाे छ।
अहिले हाम्रो पार्टी र हाम्रा नेतृत्वलाई त्यसमा पनि अझ अध्यक्ष कमरेड केपी ओली र केही अरु नेता माथि चाैतर्फि हमला भै राखेकाे छ भने अर्को तर्फ जनताकाे बीचमा अन्याय अत्याचार भ्रष्टाचार मनाेमालिन्या चरमचुलिमा पुगेको छ। सुसाशन हाम्रै सरकारले समेत जनताको मन जित्ने गरि दिन सकेको छैन। यसका विरुद्ध हाम्रा स्थानीय तहका नेता कार्यकर्ताले जाेडदार ढङ्गले शशक्त मुकाविला गर्नु पर्ने हुन्छ।
पार्टीमा एउटा रोग आएको छ पार्टी नेतृत्व माथि अन्य साथिहरुमाथि हमला वा जहाँ त्यही कमजोर बनाउन लागिरहँदा समेत, मेराे विराेध भएकाे छैन मलाई हैन अर्को कसैलाई हाे भन्य ढङ्गले बस्ने अवसरवादी चरित्रका नेता कार्यकर्ता हुनु भएन। नेता र पार्टी कमजोर हुनु भनेकाे समग्र पार्टी कमजाेर हुनु हो भन्ने ढंगले बुझ्नु र बुझाउनु पर्दछ। त्यसैले निडर आवश्यक पर्दा पार्टी र नेतालाई सुरक्षा दिनु पर्ने हुन्छ त्यसका लागि आवश्यकता ठानेकाे बेला जस्तासुकै कदम चाल्न सक्ने जनशक्ति निर्माण गर्नु आवश्यक छ। तर युवाहरु राजनीतिबाट र पार्टीमा लागेका युवाहरू समेत पलायनको अवस्था छ।
पार्टीका नेता कार्यकर्ताहरुमा अध्ययन नगर्ने पार्टीका दस्तावेज नहेर्ने खाली पत्रपत्रिका र सामाजिक सन्जालका भरमा धारणा बनाउने परिपाटीको विकाश भएकाे छ। कम्तीमा आफ्नो पार्टीको सिद्धान्त, विचार नीति कार्यक्रम उदेश्य लक्ष्य कार्यनीति र रणनीति त अनिवार्य रुपमा जान्नु पर्ने हाे। अझ त्यो भन्दा माथि उठेर समग्ररुपमा नेपालीको राजनीति इतिहास, अर्थतन्त्र, भूगाेल, इतिहास समाज सामाजिक चरित्रसम्म जान्न जरुरी छ। अध्ययन गर्नेहरुले पार्टीको र समग्र राजनीतिक अवस्थाकाे विश्लेषण गर्न र साेही अनुसार पार्टीको धारणा बनाउने सक्ने कार्यकर्ता निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्छ।
हाम्रो जीवनशैलीले पनि हामीलाई जनताबाट टाढा गरेकाे छ। गाउँका जनतासँग उठबस नगर्ने, गाउँमा जनताको घरमा, कार्यकर्ताको घरमा बसाेबास नगर्ने, आफ्नो कार्यक्षेत्रमा नरहने, हिजाे कठिनपूर्ण अवस्थामा पार्टी, नेता र कमिटीलाई साथ सहयोग गर्नेकाे कुरा नसुन्ने हिजोको पार्टी कामका लागि जेलनेल घरवारविहीन भएका सधै पार्टीको काममा समर्पण गरेका कार्यकर्ताले समय र उसकाे याेग्यता अनुसारको जिम्मेवारी दिनु पर्नेमा उनीहरुले पाउनु पर्ने साथ सहयोग र अवसर नदिने। दु:खि, गरिबी, अन्याय दमनमा परेका मानिसलाई साथ सहयोग नगर्ने।
आफू र आफ्नाका लागि रसदपानी गाडी घाेडा हाेटल नगद नासाे उपहारकाे व्यवस्था गर्नेलाई सेहार्ने प्रवृत्तिकाे विकास भएकाे छ। यी यस्ता सवालमा कार्यशाला गोष्ठीमा पक्कै गम्भीर बहस भयो होला। यस्ता कमजोरीहरुलाई तुरुन्तै सुधार गर्दै निर्मुलपार्नु आवश्यक छ।
स्वच्छ आचरण, नैतिकवान, राजनैतिक जीवनकाे निरन्तरता र हालकाे प्रविधिलाई समाल्न सक्ने नेता कार्यकर्ता निर्माण गर्नु पर्छ। पार्टीमा अहिले आलोचना र आत्मआलाेचनाको प्रणाली हराउँदै गएको छ। पार्टी निर्माण र नेतृत्वलाई सक्षम बनाउनका लागि गरिने यस किसिमको क्रियाकलापलाई अहिले नेता र पार्टीलाई नै समाप्त गर्ने किसिमका गैर माक्र्सवादी चरित्र देखिएका छन्। आफ्नो मानिसलाई जे जस्तो किसिमको अपराध गरे पनि छुट र आफ्नो भनाइ नखानेलाई समाप्त गर्ने खालका कामहरु हुने गरेका छन्। याे गलत छ एउटा नेता र कार्यकर्ता निर्माण गर्न कति कठिन हुन्छ। कठिनाइका साथ निर्माण गरेकाेलाई एकै छिनमा सिध्याउनु राम्रो हैन उसलाई सच्याउन, सुधारिन र पार्टीको लयमा ल्याउन पर्छ। सत्यतथ्यका आधारमा मात्रेै पार्टी कारवाहीकाे प्रकृया चलाउनु पर्छ। पार्टीलाई र नेतालाई सबल तथा सक्षम बनाउनका लागि आलोचना, आत्मआलाेचनालाई स्वच्छ र आफूले आफ्नो तर्फबाट गरेका गलत कार्यकाे स्वयम् स्वीकार गर्ने परिपाटीको विकास गर्नु आवश्यक छ। स्पष्टीकरणको नाममा पार्टीलाई सहि र गलतको छलफल गर्न खोज्ने नेताहरुमा स्पष्टीकरण जस्ता कुराहरु देखिएका सुनिएका छन्।
हामीले अगुवाइ गरेकाे ठाउँमा हाम्रो पार्टीको उदेश्य अनुसार निर्वाचनको बेला हामीले जनतासँग गरेका प्रतिवद्धता अनुसार हाम्रा कार्यक्रमहरु गर्यौं, गरेनाैं हाम्रो व्यबहार जनअनुकुल छन्, छैनन्। भाेट दिने जनता वा भाेटरकाे भावनाकाे कदर गर्यौं गरेनौं? खेैर हिजाे नगरेकाे भए अब बाँकी दिनहरुकाे याेजना बनाउन जरुरी छ। नत्र हालैकाे उप निर्वाचनमा हामीले जितेका स्थानीय तहमा किन हार्यौं र शहरी क्षेत्रमा हाम्रो जनआधार किन कमजोर हुँदै छ? यसकाे समिक्षा गर्ने कि नगर्ने?
यी सबै कुराकाे सुक्ष्मढंगले अध्ययन गरेर कसैकाे लहलहैमा लागेर हैन यथार्थकाे जगमा उभिएर हामीले हामीलाई आत्मै देखि समिक्षा गरेर जान सकेमा मात्रै लक्ष्य पूरा गर्न कुनै गाह्रो हुने छैन। अहिले पनि नेपाली जनताकाे राेजाइकाे पार्टी एमाले हाे। नेता पनि एमालेकै हुन। यसमा सबैकाे एउटै आवाज रहनु पर्छ। कम्तिमा पनि यतिमात्रै गर्न सकेमा एमालेकाे आगामी तीन महिने अभियानले सार्थकता पाउनेछ। यस किसिमले अगाडि बढेमा हामीलाई कसैले राेकेर पनि मिसन ८४ मा राेक्न सक्ने छैनन्।
(लेखक नेकपा एमाले कर्णाली प्रदेशका पूर्व सचिवालय सदस्य हुनुहुन्छ।)