त्यस लगत्तै रेफ्रीले सिठ्ठी बजाएपछि नेपालले १ गोल गरेको थियो।
नेपाल र भारतबीच भइरहेको साफ महिला फुटबलको सेमिफाइनल खेलमा पटक पटक बिवाद भएको छ।
विवाद भएपछि खेल नै पटक पटक अबरुद्ध भएको छ।
नेपाली खेलाडी रेखा पौडेललाई दोश्रो पहेँलो कार्ड दिएपछि खेलमा विवाद शुरु भएको हो।
१० खेलाडीमा सिमित भएको नेपालमाथि केहीबेरमै भारतले १ गोल गरेको थियो।
त्यस लगत्तै रेफ्रीले सिठ्ठी बजाएपछि नेपालले १ गोल गरेको थियो।
तर सो गोलले मान्यता नपाएपछि दर्शकहरुले पुन पानीको बोत्तल रंगशालामा फालेका थिए। त्यसपछि रंगशालामा तनाव भएको हो।
अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपनि खेल सुचारु भएको छैन।
रेफ्रीहरुमाथि लगातार परेको दबावले खेल शुरु हुन नसकेको हो।
नेपालको तर्फबाट सो गोलले मान्यता पाउनुपर्ने दावी अफिसियलहरुले पनि गरिरहेका छन्।