सोमबार, ८ पुष, २०८१

साफ च्याम्पियनसिप सेमिफाइनलमा नेपाल र भारत भिड्दै, फाइनल बराबरको खेल

नेपाल र भारतबीचको यो सेमिफाइनल खेललाई लाखौं दर्शकहरूले उत्सुकतापूर्वक कुरिरहेका छन्।

दशरथ रंगशालामा आज साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्।

बहुप्रतिक्षित यो खेललाई फाइनल बराबरको मानिएको छ। किनकि दुबै टोली बीचको प्रतिस्पर्धा सँधै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहँदै आएको छ।

भारतको मुख्य निशाना साम्बा
भारतीय खेलाडीहरूले आज नेपालका प्रमुख स्ट्राइकर साम्बालाई रोक्न रणनीति बनाउन सक्ने सम्भावना छ।

साम्बा आफ्नो उत्कृष्ट गोल स्कोरिङ क्षमताका कारण भारतीय खेलाडीहरूको विशेष लक्ष्य बन्दै आएकी छन्। उनले भारतीय शिर्ष लिक समेत खेलेका हुनाले धेरै भारतीय खेलाडीसँग परिचित छिन्।

तथापि भारतले साम्बालाई रोक्न सफल भएमा उनीहरूको फाइनल यात्रा सहज हुने विश्वास लिएको छ।

प्रिती राई र रेखा पौडेलको भूमिकामा निर्भर नेपाल
नेपालका लागि आजको खेलमा प्रिति राई र रेखा पौडेलको भूमिका निकै महत्त्वपूर्ण हुनेछ।

यी दुई खेलाडीलाई फ्रि गराउन नेपालले भारतीय खेलाडीहरूको डिफेन्सलाई बाइपास गर्दै खेल्नुपर्नेछ।

यदि उनीहरूलाई सहजता प्रदान गर्न सकियो भने नेपालले खेललाई आफ्नो पकडमा राख्दै जित्न सक्ने प्रबल सम्भावना देखिएको छ।

नेपाल र भारतबीचको यो सेमिफाइनल खेललाई लाखौं दर्शकहरूले उत्सुकतापूर्वक कुरिरहेका छन्।

नेपालले घरेलु मैदानमा खेलको फाइदा उठाउन सके फाइनलमा प्रवेश गर्ने सपना पूरा गर्न सक्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार