सोमबार, ८ पुष, २०८१

साक्षरता घोषणा गर्न नसकेको तिला र गुठिचौर खेलकुदमा अग्रसर

तिला र गुठिचौर गाउँपालिकाले साक्षरता घोषणा गर्न नसक्दा जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्न नसकिएको हो।

देशभर साक्षरता घोषणा कार्यक्रमले तीव्रता पाइरहेका बेला तिला गाउँपालिकाले भने साक्षरता घोषणा गर्न नसकी उपाध्यक्ष कप सम्पन्न गरेको छ। देशभर ६५ जिल्ला र ६०० भन्दा बढी पालिकाले साक्षरता घोषणा गरिसकेका छन्।

तर, जुम्ला जिल्लाका आठ पालिकामध्ये ६ पालिकाले साक्षरता घोषणा गरे पनि तिला र गुठिचौर गाउँपालिकाले साक्षरता घोषणा गर्न नसक्दा जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्न नसकिएको हो। स्थानीय सरकारले ध्यान नदिँदा तिला र गुठिचौरमा साक्षरता घोषणा हुन सकेका छैनन्।

गुठिचौर गाउँपालिकाले गत महिना अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरेको थियो भने तिला गाउँपालिकामा उपाध्यक्ष, कर्मचारी, र अध्यक्षबीचको आन्तरिक विवादले साक्षरता घोषणा ढिला भएको अगुवाहरू बताउँछन्।

उपाध्यक्ष कपअन्तर्गत तिलामा ९ वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र ९ वडास्तरीय महिला देउडा प्रतियोगिता सम्पन्न भयो। भलिबलमा वडा नं १ प्रथम र वडा नं ४ दोस्रो स्थानमा रहे।

देउडा प्रतियोगितामा बाह्य कलाकार ल्याउन अनावश्यक खर्च गरिएको भन्दै पालिकाका युवाहरूले अध्यक्ष र उपाध्यक्षलाई ध्यानाकर्षण गराएका छन्।

पालिकामा खेलकुद र साँस्कृतिक कार्यक्रममा ध्यान दिइए पनि साक्षरता घोषणाको आवश्यकतामा बेवास्ता गरिएको भन्दै स्थानिय युवाहरूले आलोचना गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार