आशीर्वादको ढोकाबाट पस्दै गर्दा,
तिमीले छोप्न खोज्यौ-
अनुहारको कालो धब्बा।
तर, तिम्रो बाबाको हातको स्पर्शले
त्यो सबै देखिसकेको थियो-
तिमीले बुनेको अपराधको जालो,
अकण्ठ हाँसोमा लुकेको कुटिलता ।
तिमी जस्तै धेरै छन् छोराछोरी,
जसले बोक्छन् सरकारी ऋणको भारी।
तिमीले गरेका कुकर्म,
झूट, र पैसाको मोलमा बेचेएका स्वाभिमानको शर्म।
सत्यलाई थिच्ने,
अनि आशीर्वाद खोज्ने!
तर कसरी ग्रहण होला त्यो आशीर्वाद?
जब तिमी हराएको छौ आफैमा,
दलदले भ्रष्टाचार र कुकर्मको जालोमा।
सपना देख्छु-
तिमी एक दिन फर्किन्छौ,
अस्पष्ट हुने गरी होइन,
तर, प्रकट हुने गरी सत्यको उज्यालोमा।
त्यस दिनमात्र,
“अर्पण हुनेछ तिमीलाई बुबाआमाको साँचो आशीर्वाद।”