चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत तथा वित्तीय अवस्थाको पछिल्लो विवरण सार्वजनिक गरेको छ। सहकारी विभागको निर्देशनअनुसार सदस्यहरूको जानकारीका लागि संस्थाले मंसिर ४ गते वित्तीय विवरण सार्वजनिक गरेको हो
सार्वजनिक विवरणअनुसार संस्थाको कुल सम्पत्ति ८५ करोड ३६ लाख ९ हजार ४ सय ९१ रुपैयाँ पुगेको छ। कुल २६ हजार ५ सय ५८ सदस्य आबद्ध रहेको यस सहकारीमा २ हजार ९ सय ४९ जना ऋणी सदस्य रहेका छन्।
संस्थाका प्रबन्धक रत्नराज शाहीका अनुसार संस्थाको सेयर पुँजी ४ करोड ९६ लाख ४३ हजार ४ सय रुपैयाँ रहेको उल्लेख छ। त्यसैगरी, संस्थाले ३३ करोड ९३ लाख ७४ हजार ३ सय ३९ रुपैयाँ १९ पैसा कुल बचत संकलन गरेको छ भने ३९ करोड ४४ लाख ७४ हजार २ सय ५ रुपैयाँ ऋण लगानीमा रहेको छ।
सहकारीको जगेडा कोषमा ७६ लाख ७९ हजार ४ सय ५३ रुपैयाँ ६५ पैसा र विभिन्न कोषहरूमा १ करोड ८ लाख ९१ हजार ६ रुपैयाँ २८ पैसा जम्मा रहेको छ। संस्थाको कुल संस्थागत पुँजी ४ करोड ५१ लाख ३० हजार ६ सय २८ रुपैयाँ १९ पैसा (कुल सम्पत्तिको ५.२९ प्रतिशत) रहेको छ।
वित्तीय सूचकअनुसार संस्थासँग ७ करोड ६४ लाख ५९ हजार ६ सय ९९ रुपैयाँ तरलता रकम मौज्दात छ, जुन कुल बचतको २२.५३ प्रतिशत हो। यस्तै, संस्थाको बाह्य ऋण ११ करोड ७७ लाख ३३ हजार ८ सय ८८ रुपैयाँ अर्थात् कुल सम्पत्तिको १३.७९ प्रतिशत रहेको विवरणमा जनाइएको छ।
सहकारी संस्था ऐन २०१६ को ४ बमोजिम वि.सं. २०३१ सालमा स्थापना भएको यस संस्थाले सहकारी विभागको मिति २०७९/०४/३१ को निर्देशन बुँदा नं. ८ बमोजिम नियमित रूपमा संस्थागत अवस्थाको जानकारी सार्वजनिक गर्दै आएको छ।















