पुगेर पर्वतको
अग्लो घाम फेला पार्न
दगुरेर टिप्न लाग्दा
पैतालाहरू छोटा बनिदिन्छन्,
बेँसीमा खेल्न पुग्ने बच्चो
अचेल सजिलै वृद्ध भएको छ,
सँयलको मधुमास उकेर्न
सुदूरको वन जाँदा
घामले छिट्टै क्षितिज डुब्न आँट्यो।
अब
कञ्चन पुइँकी खोजेर
पर्वतको अग्लो घाम देख्न,
बेँसीको उफ्रिने मैदानी उमेर
सँयलको मधुमास उकेर्न
बगेर पुग्नै आँट्दा
उमेरको वृद्ध कुलो
बग्न नसक्ने भएको छ।
आजकल
बग्न खासै उत्साह पुग्दैन,
किनकि
बुढ्यौलीका चाउरीहरू
अभिरुचि राख्दैनन्
बगेर
कतै मधुमास सिँचाइ गर्न
कतै तरुनो पुइँकी उमार्न।
















