सोमबार, १२ आश्विन, २०८३

गगने खोलाको पहिरो हटाइयो, साना–मझौला सवारीलाई दोहोरो आवतजावत खुला

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगने खोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको छ ।

पहिरोका कारण असोज ९ गतेदेखि अवरुद्ध सडक शुक्रबार बिहानदेखि साना तथा मझौला सवारीसाधनका लागि दोहोरो आवतजावत खुला गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शुक्रबार बिहान १० बजेदेखि सडकमा साना तथा मझौला सवारीसाधन दुवैतर्फबाट सञ्चालन हुन थालेका छन् ।

गगने खोलामा पहिरो खसेपछि सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएपछि सुर्खेत–जुम्ला सडकखण्डमा यात्रा गर्ने साना तथा मझौला सवारीसाधनलाई सहज भएको छ ।

यद्यपि सडक क्षेत्रमा अझै पहिरोको जोखिम रहेकाले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले चालक तथा यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर सुरक्षित रूपमा यात्रा गर्न र सम्भावित जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार