खै किन हो कुन्नि, मेरा आँखा फर्फराउन थालेछन्।
दाइने भए राम्रो, देब्रे भए नराम्रो
बिडम्बना, मेरा दुबै आँखा फर्फराउन थालेछन्।
म ज्योतिष सास्त्रमा अलि विश्वास गर्छु,
सोच्छु
त्यहि भएर होला आज दुबै आँखा फर्फराउन थालेका
म खुसी छु किनकि
कहिल्यै नफर्फराउने मेरा आँखा फर्फराइरहेछन्।
काला-काला ति अतितका क्षणलाई सेता बनाउन या
काला ति अतितलाई झन गाढा बनाउन
खै किन,
मेरा दुबै आँखा फर्फराइरहेछन्।
देश चुनावि माहोलमा हुमलिएको छ,
त्यसैले देशले मुहार फेर्न या अझै कठिन अबस्थामा गुर्जिन
खै किन,
मेरा दुबै आँखा फर्फराइरहेछन्।
हे भगवान आज मेरो दाइने आँखाको जस लागोस्।
मेरो मात्रै होइन तिन करोड नेपालीको त्यो कालो अतित झन
गाढा होइन फिक्का भइदिओस्
देब्रे होइन दाइने जहिल्यै फर्फराइरहोस्।
















