शनिबार, ३ आश्विन, २०८३

तिलामा १४७ किशोरीलाई एचपीभी खोप दिइँदै

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले जुम्लाको तिला गाउँपालिकामा १४७ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत असोज ५ र ६ गते एचपीभी खोप अभियान सञ्चालन गर्ने जनाएको छ। अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रासँगै विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरिएको स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले जानकारी दिनुभयो।

गत वर्षको अभियानमा लक्षित समूहमा परेर पनि खोप लगाउन छुटेका किशोरीलाई समेत यसपटक खोप दिइनेछ। कक्षा ७ देखि १० सम्म अध्ययनरत छुटेका छात्रा तथा विद्यालयबाहिर रहेका लक्षित उमेर समूहका किशोरीलाई पनि अभियानमा समेटिने खोप फोकल पर्सन विराजु जिसीले बताउनुभयो।

अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई एचपीभी संक्रमण, पाठेघरको मुखको क्यान्सरको जोखिम, खोपको महत्व, लक्षित समूह पहिचान, खोप केन्द्र व्यवस्थापन तथा अभिलेख र प्रतिवेदनसम्बन्धी अभिमुखीकरणसमेत दिइएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार