बिहीबार, २५ भाद्र, २०८३

जुम्लामा सवारी चालकको लागुऔषध परीक्षण, एक जना पोजेटिभ

जुम्लामा सवारी चालकले लागुऔषध सेवन गरे/नगरेको सम्बन्धमा गरिएको परीक्षणमा एक जना चालक पोजेटिभ देखिएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजनामा गरिएको चेकजाँचका क्रममा चार जना सवारी चालकको लागुऔषध सेवन परीक्षण गरिएको थियो।

परीक्षण गरिएका चार जनामध्ये भे १ ज ८६० नम्बरको भ्यान चालकको रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ।
पोजेटिभ देखिएका चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका इन्चार्ज जगतबहादुर कठायतका अनुसार सवारी चालकले लागुऔषध सेवन नगरी सुरक्षित रूपमा सवारी चलाऊन् र सम्भावित दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले चेकजाँच गरिएको हो।

प्रहरीले चालकहरूलाई लागुऔषध सेवन नगरी जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार