आईतवार, ७ भाद्र, २०८३

कविता : सडकका सिपाही

तप्त सडकको राप र उडिरहेको धुलो छातीभित्र सजाउनुपर्छ,
हजारौँको जीवन जोगाउन आफ्नै खुट्टाको थकान भुलाउनुपर्छ।

सवारी दुर्घटना न्यूनीकरणको गम्भीर जिम्मेवारी बोकेर उभिँदा,
टन्टलापुर घामको उकुसमुकुसमा पनि मुस्कान छराउनुपर्छ।

आफ्नो खुसी र प्यासलाई एकातिर पन्छाएर उभिन्छु,
देश र जनताको सुरक्षाकै खातिर टन्टलापुर घाममा पोलिन्छु।

सडकको राप र धुलोमा पसिना बगाउने मानबहादुर बुढा म,
हजारौँको जीवन बचाउन आफ्नै थकान र पीडा बिर्सिन्छु।

न दिनको घामको पर्वाह गर्छु, न रातको निद्रा खोज्छु,
यो खाकी वर्दीभित्र देशभक्तिको चोखो भावना रोप्छु।

आफ्नो सुख र जीवन नै मुलुकको नाममा समर्पण गरेर,
देशका लागि सिपाही मानबहादुर सधैँ सीमा र सडकमा खटिन्छु।

तपाईंले देख्नुभएको सडकको धुलोमा पनि कर्तव्यको कथा हुन्छ,
हरेक पाइला पछाडि देश र जनताको सुरक्षा लुकेको हुन्छ।

घामले जति पोलोस्, थकानले जति सताओस् मन,
सडकका यी सिपाहीका लागि जनताको सुरक्षा नै पहिलो धर्म हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार