बिहीबार, १४ श्रावण, २०८३

कर्णाली प्राबिधिक शिक्षालय जुम्लाका  करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा

कर्णाली प्राबिधिक शिक्षालय जुम्लामा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले सेवा–सुविधा, रोजगारीको सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक संघर्ष समिति ले शिक्षालयाका उपकुलपति तथा व्यवस्थापनलाई सम्बोधन गर्दै विभिन्न मागसहित ज्ञापनपत्र प्रशिक्षक पाण्डव काफ्लेले बताए।

उनका अनुसार समितिले लामो समयदेखि शिक्षालयमा कार्यरत श्रमिकहरूलाई श्रमको उचित मूल्यांकन नभएको, सेवा–सुविधामा विभेद गरिएको तथा भविष्य अन्योलमा परेको जनाएको छ।

संघर्ष समितिले श्रमिकहरूको रोजगारीको सुनिश्चितता, श्रम ऐनअनुसार सेवा–सुविधा कार्यान्वयन, समान कामको समान पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री वातावरण निर्माण गर्न माग प्रशिक्षक क्षितिज श्रेष्ठले बताए।

उनका अनुसार श्रमिकहरूको समस्या समाधानका लागि शिक्षालायका प्रशासनसँग पटक–पटक आग्रह गर्दा पनि ठोस पहल नभएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको उल्लेख गरिएको छ।

समितिले चरणबद्ध आन्दोलनअन्तर्गत विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेको छ। जसअनुसार पहिलो चरणमा प्रशासनलाई ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाँधेर काम गर्ने, धर्ना दिने, प्रशासनिक तथा शैक्षिक कामकाज प्रभावित पार्ने र अन्तिम चरणमा अनिश्चितकालीन काम बन्दसम्मका कार्यक्रम राखिएको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार