बिहीबार, १४ श्रावण, २०८३

निर्माणधिन अस्पताल क्षेत्रमा ट्याक्टर दुर्घटना, चालक सकुशल

कनका सुन्दरी गाउँपालिका–४ हाटसिजास्थित निर्माणाधीन अस्पताल क्षेत्रमा बिहीबार ट्याक्टर दुर्घटना भएको छ।

स्थानीयका अनुसार अस्पताल निर्माणका क्रममा काम गरिरहेको भे २ त ४२० नम्बरको ट्याक्टर मोडमा दुर्घटनामा परेको हो। दुर्घटनापछि ट्याक्टर सडकमै रोकिएको छ।

दुर्घटनामा चालकलाई कुनै चोटपटक नलागेको स्थानीयले बताएका छन्। ट्याक्टरमा भने सामान्य क्षति पुगेको छ। मानवीय क्षति नभए पनि केही समय निर्माणाधीन अस्पताल क्षेत्र र आसपासको सडकमा आवतजावत प्रभावित भएको थियो।

घटनापछि स्थानीयवासी तथा निर्माण कार्यमा संलग्न कामदारहरू घटनास्थलमा पुगेका थिए। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

निर्माणाधीन क्षेत्रमा भएको यस घटनाले निर्माणस्थलमा सवारी सञ्चालन गर्दा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको स्थानीयले बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार