बुधबार, १३ श्रावण, २०८३

गयो गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले आफ्नो पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको पद पुनर्वहाली सम्बन्धी रिट खारेज भएको छ। दर्ता नम्बर ०८२–डब्लुओ–१५४७ रहेको उक्त मुद्दामा सर्वोच्च अदालतले रिट खारेज गर्ने फैसला सुनाएको हो।

रिट खारेज भएसँगै बुढाको अध्यक्ष पदमा पुनर्वहाली हुने सम्भावना टुंगिएको छ। नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित बुढाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुनअनुसार उनको पद रिक्त भएको निर्णय गरेको थियो।

आयोगको उक्त निर्णयविरुद्ध बुढाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निर्वाचन आयोग र नेपाली कांग्रेससमेतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा आफ्नो पद पुनर्वहालीको माग गरिएको थियो।

तर सर्वोच्च अदालतले रिट नै खारेज गरेपछि निर्वाचन आयोगले गरेको पद रिक्तसम्बन्धी निर्णय कायम रहने भएको छ। यससँगै अध्यक्ष बुढाले पद पुनर्वहालीका लागि अघि बढाएको कानुनी प्रयाससमेत असफल भएको छ।

बुढा नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। पछि उनले कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उनको निर्वाचित पदसम्बन्धी विवाद उत्पन्न भएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार