बुधबार, १३ श्रावण, २०८३

सुर्खेतमा सिमेन्ट बोकेको डबल क्याप जिप ५० मिटर तल खस्यो, चालक फरार

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–४ बालिखोला स्थित छिन्चु–जाजरकोट सडक खण्डमा सिमेन्ट बोकेको डबल क्याप जिप दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराका अनुसार बुधबार राति करिब १ बजे छिन्चुबाट जाजरकोटको छेडागाड नगरपालिका–८ तर्फ सिमेन्ट लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०५० नम्बरको डबल क्याप जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घटनाग्रस्त जिप सुर्खेतको भेरीगंगा नगरपालिका–२ निवासी अन्दाजी २४–२५ वर्षीय जयबहादुर बस्नेतले चलाएका थिए। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ। गाडीमा चालक बाहेक अन्य कोही सवार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिपका धनी सुरेन्द्र बस्नेतले प्रहरीलाई दुर्घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बादेपिपलबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐरीको कमाण्डमा ट्राफिक प्रहरीसहित आठ जनाको टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार